नेपाली समय: १२:२४:५३ राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

काठमाडौं उपत्यका कोरोना महामारीको ‘रेड–जोन’माः २,६३८ कोरोना भाइरस संक्रमितमध्ये उपत्यकामै भेटिए १,४०३ संक्रमित !

निर्माण सञ्चार, २८ असोज, काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्याका कोरोना भाइरस संक्रमणको प्रमुख केन्द्र बन्दै गएको पुष्टि भएको छ ।

यो २४ घण्टमा २ हजार ६ सय ३८ जना नयाँ थपिएका कोरोना संक्रमितमध्ये १४०३ जना काठमाडौं उपत्याका रहेका छन् । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेका हुन् । 

पछिल्लो आँकडा अनुसार काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

हाल, देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । जसमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१५४८ जना रहेका छन् ।

यो २४ घण्टामा कोरोना संक्रमण निको भई २१७४ जना घर फर्किएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ भने संक्रमितको संख्या ११७,९९६ रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ६७५ रहेको छ । 


०००



प्रकाशित: २०७७ आश्विन २८
October 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार