नेपाली समय: १२:४८:१८ राती
वि.सं २०७७ कार्तिक ११   मंगलवार

अर्थमन्त्री बने विष्णु पौडेलः रक्षामन्त्रालय किन राखे प्रधानमन्त्रीले आफ्नै मातहत ? ईश्वर पोखरेल अब कहाँ ?

निर्माण सञ्चार, २८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर सहित विस्तार गरेका छन् । 

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी सुम्पेका छन् भने अर्थमन्त्रीमा विष्णु पौडेललाई ल्याएका छन् ।

रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसको अर्थ हुन्छ यो मन्त्रालयमा भावी नयाँ मन्त्री ल्याउने तयारीमा प्रधानमन्त्री रहेका छन् । 

हेरफेर क्रममा यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

 


०००



प्रकाशित: २०७७ आश्विन २८
October 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार