![](https://nirmansanchar.com/storage/public/photos/6/tara bahadur kunwa2.jpg)
उदारमनका धनी ताराबहादुर कुँवरः व्यवसाय र समाजसेवा सँगसँगै, के गर्दैछन् उनले तिहारमा ?
निर्माण सञ्चार,२६ कार्तिक,काडमाडौं । सायदै कल्पना गर्न सकिन्छ कि मानिसहरु पैसा कमाउने बिजनेसमा लागेपछि समाजसेवामा पनि त्यतिकै रुचिसाथ लाग्ग्छन् भनेर ! तर, त्यसका अपवाद हुन् उद्यमी ताराबहादुर कुँवर ।
मानिस आफू जसरी हुर्केको हुन्छ, त्यसरी नै आफ्नो मन र धनको सञ्चय गर्ने संस्कृति विकास गरेको हुन्छ । सानै उमेरदेखि आफ्नै श्रम, पाखुरी र पसिनामा हुर्केको मानिसले धन कमायो भने मन पनि सँगसँगै कमाउँदो रहेछ भन्ने उदाहरण पनि हुन्, नेपाल हेभिइक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष कुँवर ।
यही व्यवसायमा हेभी औजारहरु किनेर, भाडामा लगाउने वा बेच्नेहरु पनि धेरै छन् । पैसा त तिनीहरुले कमाएका पनि होलान्, तर महासंघको जीवनलाई नजिकबाट हेर्ने हो भने अध्यक्ष कुँवरलाई समाजसेवा गरेकै पनि रिस गर्नेहरु भेटिएलान् । उनीहरुले पैसा त कमाएका होलान्, तर कुँवरले धन भन्दा पनि ठूलो कुरा मन कमाएका रहेछन् भन्ने यो दशकमा आएर पुष्टि भएको छ ।
निर्माण उद्योगभित्र ठेकेदारदेखि ज्यामीसम्म उतिकै हुन्छन् । ठूले भनिएका ठेकेदारहरु ज्यामीलाई काम र ज्याला मात्र दिन्छन्, तर कुँवर, नाकाबन्दी होस् वा लकडाउन, खान नपाएर हात बाँध्न बाध्य ज्यामी र मजदुरलाई मुखमा माड दिन पनि पछि परेका छैनन् ।
कोरोना महामारी पछिको लकडाउनमा उनले आफूलाई दीनदुखी, मजदुर र ज्यामीका पनि साथीका रुपमा उभ्याए ।
...
तारा बहादुर कुँवर, जसको व्यवसायिक कम्पनी हो ‘हजुरलाई नमस्ते’ । र, उनको स्वभाव पनि सधैँ खुला मनले ‘हजुरलाई नमस्ते’ भनिरहने नै देखिन्छ । कोसी पारी गाउँमा जन्मेको एउटा मध्यम परिवारे किसानको छोराले आज कलंकी बाफल–सीता पाइला क्षेत्रबाट आफूलाई नेपालकै उत्कृष्ट समाजसेवी, समाज परिवर्तनको अभियन्ताका रुपमा देखाएको छ ।
हेर्ने हो भने, खुला दिलवालेहरुले उनको दिलभित्र पसेर हेर्न सक्ने पनि छन् ।
...
उनको पछिल्लो इनामको आरम्भ २०७२ सालको गोरखा भूकम्पबाट सुरु भयो । भूकम्प त गयो गयो, तर मन गएको छैन है भन्ने सन्देश दिएर उनले पीडितहरुको उद्धारमा लागे । आफ्ना हेभी औजारहरुलाई नेपाली सेना, सशस्त्र, नेपाल सरकारलाई नै दिएर उनले आफूलाई समाज सेवाको आगोमा होमेका थिए ।
त्यतिमै उनको मन किन मान्थ्यो र ! उनले आरम्भ गरे चक्रपथ सरसफाइ अभियान । कलंकी जस्तो व्यस्त चक्रपथ । सधैं धुलो, धुवाँ र घुइँचो । सडक किनारामा सधैं फोहोरको डुंगुर भएको उनले देख्न सकेनन् । वरपर, सेना प्रहरी, वडा अध्यक्षदेखि सांसद र मन्त्रीसम्मलाई गुहारेर उनले ठूलालाई अतिथि बनाउने तर काम आफू गर्ने गर्दै आएका छन् ।
त्यसैले, समाजसेवीका रुपमा निरन्तर अघि बढिरहेको उनको प्रवाह हेर्दा कतै उनी कुनै स्वच्छ नदी त हैनन् भन्ने प्रश्न पनि गर्न सकिन्छ । नदी अर्थात् निश्कलंकित मन भएको खुला दिलवाला मान्छे ।
उद्यमी कुवँर एक विभिन्न क्षेत्रमा योगदानदाता बन्न पुगेका छन् आजका दिनमा । चक्रपथ सरसफाइ अभियन्ता कुँवरले कोरोना महामारीको समयमा भोकै बस्नु परेका हजारौँ मानिसलाई समेत खाना खुवाउने अभियान सुरु गरेका थिए । जबकि राज्यले त्यसरी खाना खुवाउन रोक लगाएको थियो ।
‘सुरुमा त रोक्लाझैं गरेको थियो । तर, वडा अध्यक्षदेखि सांसदसम्मलाई अतिथि बनाउँदै ज्यामी मजदुरहरुलाई खाद्यान्न दिन थालेपछि सरकारले उल्टै हामीलाई सम्मान दिएको छ । म सम्झन्छु, खुला दिलले गरेको कामको सबैले पूजा गर्दारहेछन् ।’
कोरोना महामारीका बेला नेपाल पत्रकार महासंघको काठमाडौं जिल्ला शाखा कार्यालय रहेको भृकुटीमण्डपमा पत्रकारहरुलाई खाद्यान्न दिँदै गर्दा उनले यसो भनेका थिए ।
० कसरी मनाउँदै छन् तिहार कुँवरले ?
नेपाली हेभी इक्विप्मेन्ट व्यवसायीहरुको महासंघका अध्यक्ष समेत रहेका कुँवरले नजिकिदै गरेको तिहारमा पनि १०० परिवार दृष्टिविहिनहरुलाई खाद्यन्न वितरण गर्ने योजना रहेको निर्माण सञ्चारलाई बताए ।
उद्यमी कुवँरले २९ गते शनिबार पनि चक्रपथ सरसफाइ अभियान समेत रहेको सुनाए ।
अरुको भन्दा भिन्न तरिकामा बित्दै छ कुँवरको तिहार । उनले बताए अनुसार समाज सेवा गरेर र चक्रपथ सरसफाइ गरेर उनको तिहार बित्ने छ ।
कुवँरले लक्ष्मी पुजाको दिन १०० दृष्टिविहिन परिवारलाई खाद्यन्न वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । ‘सो कार्यक्रम २७ गते बिहीबार हुने छ जहाँ एक महिनालाई पुग्ने गरी उनीहरुलाई खाद्यन्न वितरण गरिने छ,’ उनले भने ।
२७ वर्षदेखि काठमाडौं बस्दै आएका कुवँरले घर परिवारसँग बसेर तिहारको रमाइलो गर्नै विचार गरेका छन् । त्यसो त कुँवर आफैंमा हस्यौलो र रमाइलो मानिस पनि त हुन् । अक्सर उनी हसिलो मुहारमा र दिल खोलेर बोलिरहने व्यक्ति पनि हुन् । जो खुला मनको व्यक्ति छ ऊ फुर्तिलो र स्वच्छ पनि हुन्छ भनेझैं कुवँरबाट सधैं हासिरहने शिक्षा पनि लिन सकिन्छ । तिहारको टिकाको दिन आफनो परिवारसँग देउसीभैलो खेल्न जाने र त्यसबाट उठेको पैसाले बच्चाहरुलाई पिकनिक लैजाने अथवा गरिब मानिसहरुलाई हस्तान्तरण गर्ने उनको थप योजना पनि उनले निर्माण मिडियालाई बताए । जुवा तासको लत नभएका कुवँरले चाडवाडको बेलामा परिवारसँग मात्र रमाइलो गर्नका लागि २÷३ हात मात्र हान्ने गरेको बताए । बाहिर गएर साथीभाइसँग पनि उनी तासजुवा खेल्दैनन् । अझ उनले जुवा तास खेल्ने मानिसहरुलाई समेत निगरानीमा राख्ने बताए । ० चेपाङको मुहार हसाउन उनले खेलेको भूमिका समाजसेवी कुँवर काठमाडौं खाल्डोमा मात्र समाजसेवी देखिएका हैनन् । न त दुई चार पोका चाउचाउ बाँढेर फेसबुकमा फोटो हाल्नेहरुको कोटीमा उनी पर्छन् । उनको समाजसेवा वास्तविकतामो रुपान्तरित भएको हुन्छ । त्यसको पछिल्लो उदाहरण हो चेपाङ बस्ती निर्माणमा उनले खेलेको ‘की रोल’ । गएका केही महिना अघि चितवन माडीस्थित सिसौ खोला जंगालमा बस्दै आएका चेपाङहरुको बस्तीमा आगलागी भो । उनीहरुको घरबस्ती खरानी भएपछि केन्द्रीय सरकारले पनि केही गरेन । वातावरणीय हिसाबले बस्ती उठाउन लागेको सरकारले उनीहरुको बस्ती नबनाएपछि गुफा, ओढार र अरुकोमा शरणार्थी जसरी बसेका चेपाङहरुको गाउँमा पुगे तारबहादुर । उनी नै यस्तो पहिलो व्यक्ति हुन् जसले खल्तीबाट नगद झिकेर त्यहाँका स्थानीय नेताहरुका अगाडि बस्ती निर्माणका लागि रकम बटुल्न शुभारम्भ गरिदिए । आज १० घर चेपाङको बस्ती बनाउने काम अघि बढिरहेको पनि कुवँरले बताए । चेपाङ बस्ती निर्माणको ढोका खोलिदिएर उनी त्यतिकै बसेका छैनन् । स्थानीय नेतादेखि व्यवसायीसम्मलाई जुटाएर चेपाङहरुको घर बनाउने काममा उनी काठमाडौं बसे पनि चिन्तित छन् । उक्त बस्ती बनाउने काममा एक हजार रुपियाँ भन्दा माथि सहयोग रकम दिनुहुने उदारमनका व्यक्तिलाई कुवँरले हौसला दिने काम गरेको बताए । चेपाङ बस्ती निर्माणलाई पूर्णता दिन देश विदेशमा रहेको जोकोही महानुभावले पनि सहयोग गर्नका लागि समाजसेवी कुँवरले अपिल समेत गरेका छन् ।
०००
प्रकाशित: २०७७ कार्तिक २६

November 11th 2020
प्रतिक्रिया दिनुहोस्