स्थानीय तहमा बढ्दो बेरुजुः महँगो चुनावी खर्चको परिणाम ! मन्त्रालयहरुमा कुनको कति ?
निर्माण सञ्चार, २७ कात्तिक, काठमाडौं / अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु देखिएपछि स्थानीय तहको लोकतन्त्रको भविष्यमाथि चिन्ता बढ्न थालेको छ ।
सरकारले गरेको आन्तरिक लेखा परीक्षणबाट बेरुजु मध्ये स्थानीय तह सबैभन्दा अघि देखिएको छ । साथै विभिन्न मन्त्रालयहरुमा पनि बेरुजु देखिएको छ ।
परीक्षण अनुसार स्थानीय तहहरुमा ४ अर्ब २२ करोड ४२ लाख रुपियाँ बेरुजु देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो ।
०००
प्रकाशित: २०७७ कार्तिक २७
- बजेट निकासा र खर्च (भएको १० खर्ब ९३ अर्ब ५ करोड ६३ लाख) को आन्तरिक लेखा परीक्षण
- स्थानीय तहहरुमा ४ अर्ब २२ करोड ४२ लाख रुपियाँ बेरुजु
- भौतिक पूर्वाधार तथा यातायात मनत्रालयको बेरुजु १ अर्ब ८४ करोड ४ लाख
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १ अर्ब ५२ करोड २ लाख रुपियाँ रहेको छ ।
- रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख बेरुजु देखिएको छ
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६० करोड ६ लाख रुपियाँ बेरुजु रहेको छ
०००
प्रकाशित: २०७७ कार्तिक २७
November 12th 2020
प्रतिक्रिया दिनुहोस्