काठमाडौंमा कन्द्रीय सहकारी बजार सञ्चालनमा आयोः बजारबाट किसान लाभान्बित हुने
निर्माण सञ्चार २० मंसिर, काठमाडौं । काठमाडौमा मंसिर १९ गते शुक्रबार सहकारी बजार विकास कार्यक्रमको सहयोगमा केन्द्रीय सहकारी बजार सञ्चालनमा आएको छ ।
कृषि–बिउ,तरकारी तथाफलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले नेपाल सरकार र युएनडिपीको सहकार्यमा निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै भूमिव्यवस्था, सहकारी तथागरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी बजार संचालबाट बास्तविक किसान सिँधैं लाभान्वितहुने बताइन ।
कार्यक्रममा मत्री अर्यालले किसानबाट उत्पादित सामाग्रीहरुको सहकारीद्धारा बजारीकरण गरिनुपर्ने आजको आवश्यकताभएको औल्याउादै यस्ता कार्यक्रम देशव्यापीबनाउनु पर्नेमाजोड दिइन् । ‘सरकार यस कार्यक्रमलाई देशकाअन्य ठाउँमा पनिविस्तार गर्ने कार्यमा सहकारीलाई सँगसँगै लिएर अगाडि बढ्ने छ’–मन्त्रीअर्याल ।
बाग्मती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँगसरकार र युयनडिपीले सहकार्य गरि यस्ता कार्यक्रम सञ्चालनगरिएको जानकारी समेत गराउँदै मन्त्रीअर्यालले किसानले उत्पादन गरेको तरकारी, फलफूल, दुध तथा अन्य बस्तुहरु नष्ट गर्नुपर्ने अबस्थाको अत्य गनु सरकार एवं सहकारी संघसंस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको छ– भनिन् ।
सहकारी मार्फत उत्पादित सामाग्रीहरुको बजारीकरण आजको प्रमुखचुनौति – मन्त्रीअर्याल
बजार उद्घाटन कार्यक्रममामन्त्रीअर्यालले सहकारी मार्फत उत्पादित सामाग्रीहरुको बजारीकरण आजको प्रमुखचुनौतिहो, सहजीकरण गर्ने यस कार्यक्रमले सहयोग पुग्ने आशाव्यक्तगरिन् ।
किसानहरुलाई उत्साहित बनाई आत्मनिर्भरमुखी अर्थतन्त्र निर्माणको लागिबजारको समुचित व्यवस्थापन आवश्यक छ । यसको लागि सहकारीहरुले जोखिमलाई आत्मसाथ गर्दै सरकार र सहकारी सँगसँगै जाने कार्यमा अगाडि बढ्न सक्नुपर्ने मन्त्रीअर्यालको भनाई थियो ।
‘सहकारीसँग प्रसस्त पैसा छ । वासतविककिसानएवं सहकारीले उत्पादन गरेको सामाग्रीको बजार व्यवस्थापनमा सहकारी संस्थाहरुले लगानीगर्नुपर्छ, । सरकार सहयात्रीबन्नतयार छ ।’ मन्त्रीअर्यालले भनिन् ।
यो कार्यक्रमले किसानहरुको मर्का संवोधनगर्ने छ । यसले बजारमा रहेको बिचौलिया घटाउने, किसान र बजारलाई सिधै भेट गराउने सेतुको रुपमा सरकारले अगाडि बढाएको हो । जागिरे मानसिकता छोडेर व्यवसायिकमानसिकताको विकासले मुलुकको समृद्धि खोज्न सकिने कुरा मन्त्रीअर्यालले औल्याइन् ।
सहकारी बजारले बढी भन्दा बढी आग्र्यानिकउत्पादनमाजोड दिनुपर्ने भन्दै उनले तरकारी, फलफूलमाप्रयोग भएकाविषदीको परिक्षण गर्ने प्रविधिको पनिप्रयोग गर्न आवशयकभएको बताइन् ।
उनले बचत तथा ऋण सहकारी एकीकरण गर्ने र कम सहकारी संख्यका माध्यमबाट धेरै कामगर्न सक्ने व्यवस्थाको व्यवस्थापनगर्न सबै लाग्नु पर्छ भन्नेमापनिजोड दिइन् ।
प्रकाशित: २०७७ मंसिर २०
प्रकाशित: २०७७ मंसिर २०
December 5th 2020
प्रतिक्रिया दिनुहोस्