नेपाली समय: ०३:२०:०५ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

यस्तो देखियो ‘नियो–क्लासिकल’ बेलायती शैलीको सिंहदरबारः आजबाट प्रधानमन्त्री कार्यालय यहीँबाट सञ्चालन हुने

निर्माण सञ्चार, ३, फागुन ०७७, काठमाडौं

गोरखा भूकम्प अर्थात् ०७२ बैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) उ्दघाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । 

भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रवलीकरणमार्फत् भवनलाई भूकम्पबाट सुरक्षित रुपमा पुनर्निर्माण गरिएको बताएका छन् ।

‘हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी पुनर्निर्माण गरेका छौं । साथै, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ ।’

  • पुरातात्विक सम्पदाको हिसाबले अत्यन्तै महत्वपूर्ण पश्चिमी मोहडा खण्डलाई पुरानै शैली, प्रविधि तथा पुरानै निर्माण सामग्रीहरु (काठ, फलाम, सुर्की चुनाआदि) प्रयोग गरी पुरातात्विक महत्व नबिग्रिने गरी प्रवलीकरण गर्ने कामको थालनी ०७६/०६/२७ बाट भएको हो
पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडाहरु विसं २०३० को आगलागीपछि २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको थियो ।

अत्याधुनिक सुविधा सम्पन्न

भौतिक प्रवलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ ।

लागत कति ?

सिंहदरबार पुनर्निर्माणको कार्यान्वयनको गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।

सिंहले उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ हरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको जानकारी दिए ।

निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको हो ।

कहिले सकिन्छ पश्चिम  मोहडा ?

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रवलीकरण भइरहेको छ । यो भागलाई भत्काएर नयाँ बनाउने वा प्रवलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञहरुबीच छलफलले समय लिएको थियो । 

अन्तत्वगत्वा, सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरुपमै बचाउन प्रवलीकरण नै गर्न उपर्युक्त भएको निश्कर्ष आएपछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट प्रवलीकरण गर्ने कार्य भइरहेको छ ।

२०७६ असोज २७ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । भ्याट बाहेक करिब ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले प्रवलीकरण गरिरहेका छ ।

सिंहदरबार पुनर्निर्माणबारे जान्नै पर्ने नयाँ तथ्य: कुन निर्माण कम्पनी र परामर्शदाताले गरे यसमा काम ?

सिंहदरबार वि.सं. १९६० सालमा तत्कालीन प्रधानमन्त्रीश्री ३ चन्द्र शमशेर जबराको कार्यकालमा बनेको हो । ऐतिहासिक सिंहदरवार भवन नेपालमा बनेमध्ये अत्यन्तै कलात्मक युरोपमा विकास भएको ‘नियो–क्लासिकल’ शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प अगाडि यो भवनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ रहेको थियो । उक्त कार्यालय बाहेक राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालय लगायतका महत्वपूर्ण सरकारी निकायहरु समेत यसै भवनभित्र रहेका थिए ।

  • प्रथम चरणको ठेक्कामा परामर्शदाता डिवि मल्टि इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र निर्माण व्यवसायी शर्मा न्यू टेक्निकल जेभी रहेका छन् । दोस्रो चरणको ठेक्कामा परामर्शदाता डिवि. मल्टि इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र निर्माण व्यवसायी  शर्मा माइक्रोटेक न्यू टेक्निकल जेभी रहेका छन्
वास्तुकला तथा ललितकलाका दृष्टिकोणले अनुपम तहखानासहित (बेसमेन्ट) पाँचतले भवनका विशेषतः चारवटा महत्वपूर्ण भाग छन् । वि.सं. २०३० मा यस भवनमा आगलागी हुँदा भवनको पश्चिमी मोहडाबाहेक अन्य तीनवटा मोहडाहरु उत्तर, दक्षिण तथापूर्वमोहडाहरु जलेर नष्ट भएका थिए ।

उत्तर, दक्षिण र पूर्व मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल  १२४६१.८१ वर्गमिटर र पश्चिमी मोहडा खण्डको जम्मा निर्माण भएको क्षेत्रफल ६१८९.०८ वर्गमिटर रहेको छ । 

यसरी जलेर नष्ट भएका तीनवटा खण्डहरु (मोहडाहरु) वि.सं. २०३७ सालमा पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो । पुर्ननिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरिएको थियो । 

तर, भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा रहिआएको थियो । यसमा पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग हुँदै संरक्षण गर्दै आइएको थियो ।

जुन कुरा ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहिआएको छ । वि.सं. २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले यस भवनलाई समेत नराम्ररी क्षति पु¥याएको थियो । 

यस भवनलाई भत्काएर नयाँ बनाउने वा प्रवलीकरण (रेट्रोफिटिङ) गरी पुनर्निर्माण गर्ने विषयले राष्ट्रिय महत्व पाएको थियो । अन्ततः सम्पदा संरक्षणको दृष्टिकोणले यस भवनलाई पुरानै शैली र स्वरुपमै बचाउन प्रवलीकरण नै गर्न उपयुक्त ठानी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्रवलीकरण गर्ने कार्य भइरहेको छ ।

उत्तर, दक्षिण र पुर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु जस्तै सिमेन्ट, बालुवा, छड, Bonding Chemical  हरु प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको छ ।

यसरी प्रवलीकरण गर्दा आर.सी.सी. (ReinforcedCement Concrete),  Anchoring, Structural Steel तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भुकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको छ । प्रवलीकरण प्रविधिमा Both Side Concrete Jacketing, Chemical Bonding Agent (Epoxy) प्रयोग गरी  Anchoring Structural steelk Strengthening गर्ने कार्यहरु भएको छ ।

उक्त उत्तर, दक्षिण तथापूर्वी मुख्य भागहरुलाई सुरक्षित गरेपश्चात भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन Mechanical, Electrical, Plumbing (MEP) / IT& Security कार्यहरु जस्तै  Fire Fighting, Sanitary, Air Conditioning (HVAC), CCTV, Landscaping र बगैँचालगायतका सौन्दर्यकरणका कार्यहरु सम्पन्नगरिएको छ ।

हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा संगठन संरचना अनुरुप आवश्यक पर्ने कार्यकक्ष तथा बैठक कक्षहरु समेत निर्माण गरिएका छन् । फिनिसिङ तथा फर्निचरहरुको समेत पर्याप्त तथा उपयुक्त ढंगले व्यवस्था गरिएको छ । 

यसरी उत्तर, दक्षिण र पूर्वी खण्डको प्रवलीकरण तथा फिनिसिङ फर्निचरसहितको सम्पूर्ण कामहरुलाई प्रथम चरण र द्वितीय चरणमा ठेक्का व्यवस्थापन गरी हालसम्म भ्याटबाहेक रु. ८७ करोड ठेक्का सम्झौता अंकको लागतमा निर्माण कार्य सम्पन्न हुने अवस्थामा आइपुगेको छ ।

प्रथम चरणको ठेक्कामा परामर्शदाता डिवि मल्टि इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र निर्माण व्यवसायी शर्मा न्यू टेक्निकल जेभी रहेका छन् । दोस्रो चरणको ठेक्कामा परामर्शदाता डिवि. मल्टि इन्जिनियरिङ कन्सल्टेन्ट प्रालि र निर्माण व्यवसायी  शर्मा माइक्रोटेक न्यू टेक्निकल जेभी रहेका छन् ।

मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी पुनर्निर्माण गरेका छौं । साथै, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ

पुरातात्विक सम्पदाको हिसाबले अत्यन्तै महत्वपूर्ण पश्चिमी मोहडा खण्डलाई पुरानै शैली, प्रविधि तथा पुरानै निर्माण सामग्रीहरु (काठ, फलाम, सुर्की चुनाआदि) प्रयोग गरी पुरातात्विक महत्व नबिग्रिने गरी प्रवलीकरण गर्ने कामको थालनी ०७६/०६/२७ बाट भएको हो । 

भ्याट बाहेक करिब रु. ४६ करोड ८८ लाख लागतमा सम्पन्न हुने उक्त पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । सो कार्यलाई २०७८ साल आश्विन २६ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

जसमा परामर्शदाता  IERC-ECoCoDE Nepal जेभी र निर्माण व्यवसायी शर्मा गौरी पार्वती न्यू टेक्निकल जेभी रहेका छन् ।


०००



प्रकाशित: २०७७ फाल्गुण ३
February 15th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार