नेपाली समय: ०२:२१:०१ बिहान
वि.सं २०८१ मंसिर २३   आइतबार

कुश्माण्ड सरोवर त्रिवेणी धामः विश्व प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल बन्ने

निर्माण सञ्चार, १३ फागुन, काठमाडौं । मकवनपुर हेटौंडा उप.म.न.पा. को तीन ठूला कर्रा, राप्ती र कुख्रेनी खोलाको संगम स्थललाई कुश्माण्ड सरोवर त्रिवेणी धामका नामले विश्व प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थलको रुपमा विकास गरिदैं लगिएको छ ।

सो क्षेत्रमा पार्वतीले कश्माण्ड भगवतीको रुपमा आई तपस्या गर्दै गर्दा भगवान विण्णुले रक्षा गरेको पवित्र स्थल रहेको आफूलाई सपनामा कुष्माण्ड भगवतीको दर्शन भई सवै दृश्य देखाइदिए पछि २०६६ साल भाद्र १३ गतेवाट यो धामको चिनारी सहित काम शुरु भएको व्यास गुरु देवी प्रसाद कोइरालाले बताए । 

धामलाई मूर्त रुप दिन २०६६ साल माघमा मकरमेला सहित अहिलेको क्षेत्रको सामून्ने पारीपट्टि एक महिना गुप्तवास धार्मिक अनुष्ठान आयोजना गरि रु ३०००००/ (तीन लाख) संकलन गरिएको र जिल्ला विकास समितिबाट रु ३०००००/ (तीन लाख)प्राप्त गरी धामको संरचनात्मक निर्माण कार्य थालनी भएको हो । अर्बौको गुरुयोजना तयार गरेर अगाडि बढाइएको यो क्षेत्र खोलाको १० विगा ओगटेको वगरमा क्षेत्रमा रहेको छ । 

मन्दिरकै नाममा रहेको उक्त भूमिमा सत्यनारायणको मन्दिर, कुष्माण्ड भगवती मन्दिर, गणेश मन्दिर, बिष्णु पादुका, शेष नाग, यज्ञ कष्माण्ड भगवती तपस्यास्थल सहितको सरोवर,१०८ भगवती चरणसहितको गौमुखी धारा, शिव मन्दिर, व्यास स्थान सहितको अथितिघर निर्माण भैसकेका छन् । बाटिका, टावर,शेषमहलहरु, वेद विद्यालय, पाण्डवहरुको फोटोहरु, हेडम्बको फोटो लगाएत धेरै देवी देवताको संरचनाहरु निर्माण भैरहेका देखिन्छन् ।

कुष्माण्ड सरोवर त्रिवेणी धाम संगसँगै एकै स्थलमा चौरासी धामको दर्शन एवं अवलोकन गर्न सकिने गरी अघि बढेको यो क्षेत्रको संरचना विकास निर्माणमा ८ (आठ) करोड भन्दा बढी खर्च भैसकेको जानकारी व्यास गुरु कोइरालाले दिए । 

यस धामको प्रर्वाधार विकासको लागि स्थानीय जनसहयोग, जिल्ला विकास समिति, नेपाल सरकार एवं सम्बन्धित निकायहरु, विभिन्न आन्तरिक एवं बाह्य दाताहरुबाट सहयोग प्राप्त भैरहेको हुँदा विश्व प्रसिद्ध तिर्थ स्थलको रुपमा परिचित गराउन स्थनीय जनता एवं सरोकारवालाहरु उत्सहित देखिएका छन् ।  

के छ त इतिहासः कुष्माण्ड भगती उत्पत्तिस्थलका सम्बन्धमा ?

नवदुर्गाको चौथो अवतारका रुपमा पुजिने कुष्माण्ड भगवतीका बारेमा हाम्रा धर्म शास्त्र, इतिहासमा प्रसस्त प्रमाणहरु पाइन्छन् ।

के छ त इतिहस ? के कर्रा, रापती र कुख्रेनी खोलाको एकै वगर नै कुष्माण्ड भगवतीको वासस्थल हो भनेर प्रश्न गर्दा महाभारतको आदिपर्वमा,स्कन्द पुराणको उत्तराखण्डको हिमवत खण्डमा, देवी भागवतको नवौं स्कन्दमा कुष्माण्ड भगवतीको महिमा र धामको वारेमा वर्णन गरिएको कुरा पढ्न सकिने व्यास गुरु देवी प्रसाद कोइराला बताउँछन् । 

यही स्थलमा भगवतीले कुष्माण्डको स्वरुपमा दर्शन दिई दृश्यावलोकन गराएकी हुँनाले कुष्माण्ड भगवती तपस्या स्थल भनौ या उत्पत्ति स्थल नेपाल नगरीको मकवानपुरको कर्रा, रापती र कुख्रेनी खोलाकै यो वगर नै हो यस्तो स्थल पृथ्वीमा अन्त कतै छैन । जहाँ भगवान विष्णुले भगवती तपस्यामा लीन हुँदा पृथ्वीमा आई रक्षा गरेर बसेको इतिहास छ । 

श्रीमदभागवतको नवौं स्कन्दमा देवीको महिमा सहित सो समयका अमरेश राजाले आई देवीको तपस्या गरेको, दवीले आफ्नो चरणमा १०८ गौमुखी धारा उत्पन्न गरी यसै धारामा तिम्रो छारालाई एक वर्ष नुहाएर मेरो पुजा गर्नु, रोग निको हुन्छ भनी दिएको आर्शिवाद, सो बमोजिम गर्दा कुष्ठरोग निको भएको इतिहास पढ्न पाइन्छ । 

प्राचिन हेडम्ब नगरीः कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्र 

हाम्रा इतिहासमा प्राचिन हेडम्ब नगरी नेपालमा रहेको उल्लेख छ ।

प्राचिन कालमा यो नगरीमा हेडम्व नाम गरेको राक्षसले सबैमाथि दुःख दिने, मार्ने गरेर आफ्नो राज चलाइरहेको अवस्थामा कुन्ति पुत्र पाँचपाण्डवले एक वर्षसम्म बसेर हेडम्बलाई मारी हेडम्बीसँग भिमलाई विवाह गराएर बसोवास गरेको हुनाले हेडम्ब नगरी कुष्माण्ड भगवती तपस्या स्थल नै रहेको इतिहासमा उल्लेख पाइन्छ ।

एक वर्षसम्म बस्दा भगवतीको आरधाना गरी शक्ति प्राप्त गरेर हेडम्बलाई मारेको हुनाले देवीको महिमा बुझ्न सकिन्छ ।

यही हेडम्ब नगरीमा नै नौ दुर्गा मध्येकी चण्डीमा बताइएकी भगवती कुष्मण्ड भगवतीको पीठ वरीपरि उत्तरमुखी भएर बगेको चरणयुक्त १०८ गौमुखी धारा पौराणिक कालमा नै रहेको अमरेश राजाको छोरालाई एक वर्षसम्म उक्त धारामा देव्ीको आर्शिवाद वचन अनुसार नुहाएर पवित्रशील, स्वास्थ्य निरोगी बनाएको इतिहासमा उल्लेख भएबाट देवीको महिमामा गौमुखी धाराहरुपनि सँगै जोडिएर आएको हो । 

यो गौमुखी धारामा नुहाएर देवीको दर्शन आरधाना गर्नाले भगवतीको कृपादृष्टि प्राप्ति भई रोग निको हुने, गरेको काम सिद्ध हुने, आटेको पुग्ने विश्वासका साथ देवीको चरणयुक्त उत्तरमुखी भएर बग्ने १०८ गौमुखी धारा प्राचिनता झल्काउने गरी निर्माण गरिएको व्यस गुरु दवीप्रसाद कोइरालाले बताए । 

महिमागत लाग्ने मेला पर्वहरु र कुभिण्डो दानको महिमा 

यस धाममा यो धामको पहिचान भए देखि नै नित्य हवन, वेद पठ हुँदै आएका छन् । यज्ञमा अहोरात्र अग्नि ज्योति जगाइरहेको देखिन्छ । 
धाममा लाग्ने माघको मकरमेला विशेषमेलाको रुपमा परिचित छ ।

चार्डपर्वमेला, साउने सोमबार,औशी, ऋषि पञ्चमी, पूर्णिमा, दशैको नौरथा, नाग पञ्चमी, चैते दशै, चण्डी पूर्णिमा लगाएतमा भक्तजनको बढी भिड लाग्ने गर्दछ ।

नवरात्रको नवमी अर्थात कूक्ष्माण्ड नवमीमा कुभिण्डो दान गरी जाग्राम बसी भगवती कुष्माडाको आरधाना उपवास गर्नाले भगवतीको कृपादृष्टि छिट्टै प्राप्त हुने भएकाले सो कुराको यो धाममा ठूलो महिमा छ ।

यो पनि धामको महत्वपूर्ण विशेषता हो । कुभिण्डो दान गर्नाले जस्तोसुकै दुःखबाट पार पाई मनोकान्छ्या पुरा हुने विश्वाास गरिन्छ ।

यो धामको पहिचान भएको केही समय पश्चातको एक प्रत्यक्ष्य दृष्टान्तलाई लिएर व्यास गुरु कोइराला भन्छन् ‘यो धाम बन्द्यै जाने क्रममा यहीको स्थानीय तामाङ्ग जातिको एक जना महिलाले साह्रै कष्ट दुःख पाएर यहाँ आइन्, उनले कुष्माण्ड भगवतीको दर्शन गरी नारायण भगवानलाई दही र दुध चढाउँदा दुःख कष्टबाट पार पाउनुका साथै घरपरिवार लगाएतमा राम्रो भई गएकोले अहिले पनि सो क्रम चलिरहेको छ । यस्ता दृष्टान्त धेरै छन्।’

नेपाल भागवतमा उल्लेख भएका शक्ति पीठहरु सबै वनाएर विश्व मानव जगतमा परिचित गराएर बढी भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य कुष्माण्ड सरोवर धामले लिएको नेपाल तिर्थ प्रकाश संघका अध्यक्ष समेत रहेका कुरा व्यास गुरु कोइरालाले प्रष्ट पारे । 

विभिन्न संरचनाहरु निर्माण भैरहेको देखिने धामसँगै जिल्लामा प्रसिद्ध भूटनदेवी, चूरिया माई, गोरक्षेश्वर,  रिखेश्वर, शक्तिखोर, पदमपोखरी–पद्यमेश्वर, त्रिखण्डी, कालिका, भैरव लगाइतका शक्तिपीठहरु समेत यो क्षेत्रको महत्वलाई बोकेर बसेका पाइन्छन् ।

कूष्माण्ड सरोवर त्रिवेणीधामको नाम जोडिएको कुख्रेनी खोलामा बन्दै गरेको पक्की पुलले पनि आगामि दिनमा यो क्षेत्रको विकासको लागि ठूलै महत्व राख्ने देखिन्छ । एक महिने मकर मेला उक्त धाममा माघ २९ गते सकिएको छ । 

मन्दिरको गुरुयोजनाको प्रति
(१००८ स्वामी देवराज प्रपन्नाचार्य व्यास गुरु कोइरालाका नामले अफूलाई परिचय गराउन मन पराउने व्यासाचार्य देवी प्रसाद कोइरालासँग मकरमेला चलिरहेको समयमा गरिएको प्रत्यक्ष कुराकानीमा आधारित)

०००



प्रकाशित: २०७७ फाल्गुण १४
February 26th 2021

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ