के हो आत्मनिर्भर सम्पदा ? चुनौती र अवसर
निर्माण सञ्चार, २९ जेठ ०७८, काठमाडौं ।
आरम्भ हामी यस्तो धर्तीमा छौं जहाँ विविध धर्म संस्कृति सहित पूर्खाले सिर्जेर आकर्षक सुन्दर उपहारको रुपमा हाम्रो देश नेपालमा छौं र त गर्व गरिरहेका छौं । यसरी अथक परिश्रम र त्यागले मूर्त, अमूर्त सम्पदाले भरिएको वास्तुकलायुक्त यी सम्पदाहरूको संरक्षण, सम्वर्दन, सुरक्षण गर्ने जिम्मेवारी पनि त हाम्रै हो । त्यसैले आत्मनिर्भर सम्पदा यसको प्रारम्भ, चुनौती र अवसरमा केन्द्रित भई केही सान्दर्भिक सामग्रीहरु यहाँ प्रस्तुत गर्ने जमर्काे गरिएको छ । आत्मनिर्भर सम्पदा आजको आवश्यकता नेपाल भुकम्पीय जोखिम क्षेत्र हो । त्यसमा पनि काठमाडौँ उपत्यकालाई अझ बढी जोखिम क्षेत्र मानिएको छ विसं २०७२ वैशाख १२ गते ७.२ रेक्टर स्केलको विनाशकारी भूकम्पले हाम्रो थुप्रै ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरुलाई ठुलो क्षति पुर्याएको छ पुरातत्व विभागको क्षेती मुल्याङ्कन प्रतिवेदन अनुसार काठमाडौ, भक्तपुर, नुवाकोट, गोरखा लगायत हजारभन्दा बढी स्मारकहरूलाई ठूलो क्षति पुगेको छ । यसमध्ये विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरू धेरै क्षति पुगेको छ त्यसमा पनि हनुमानढोका दरबार क्षेत्रका करिब ९०% स्मारकहरु केहि पूर्ण रूपले र केही आंशिक रुपले क्षति भएका छन् । नेपालको इतिहास सँग सँगै सम्पदाको पनि विकास हुँदै आइरहेको तथ्य पाइन्छ जसमध्ये काठमाडौ सहर बसाउन गुणकामदेव प्रथम (लिच्छवी ७२३ AD) ले परोपकार—२० अवस्थित सुन्धारा (गुणकामदेव धारा पनि भनिदो रहेछ) को बिबिध वैदिक परम्परा अनुसार निर्माण गरेर काठमाडौँ सहर बसाएको आधार पाइन्छ । यिनैले इन्द्रजात्रा र लाखे जात्राको सुरुवात गरेको भनिन्छ । यद्यपि यो धाराको विषयमा Water condition in Kathmandu valley किताब भाग १,२ - Raymond O. A. Becker, Ritters Pach मा पनि भेटिँदैन । काठमाडौ बसन्तपुर दरबार परिसरमा अर्को महत्वपूर्ण ठाउँ रहेछ जुन काष्ठमण्डपको पूर्वी स्थानमा रहेको छ त्यो हे भुति श, जहाँ जन्म–मृत्यु सम्मको कार्य हुँदै आएको छ र त्यससँगै खड्ग सिद्धि गर्ने ठाउँ पनि रहेको छ यस स्थानमा २०७२ को भूकम्पले नराम्रोसँग असर गरिएको थियो र २०७२ पछि हाल पूर्णरुपमा संरक्षण गरी एउटा उदाहरण स्थापित भएको छ । २०७२ को भूकम्पले क्षति पुग्न गई त्यहाँ रहेको वसाहा लगायत संरचनाको क्षति भएको थियो यसको संरक्षण गत वर्ष २०७५ मा एक सम्पदा प्रेमी को सहयोगमा बिग्रेको बसाहको ठाउँमा त्यहाँ नयाँ बसाहा, त्रिशूल, खड्ग, पानीको प्याला, कलश (ढुंगाको कुदिएको) पुनःस्थापना गरी संरक्षण गरिएको छ । पूर्णरुपले भत्किएका स्मारकहरू
जिर्णोद्धार तथा पुनर्निर्माणको अवस्था २०७२ बैशाख १२, १३ र २९ गतेको महाभूकम्प र त्यस बीचको र पछिको पराकम्पनले क्षति भएका सम्पदाहरुको जस्ताको त्यस्तै पुनःनिर्माण हुन सक्नेमा सम्पदाप्रेमीहरू विश्वस्त नदेखे पनि अहिले हनुमानढोका दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले संसारको आँखा यस क्षेत्रमा परेको छ । खास गरी काठमाण्डौको नाम नै काष्ठमण्डपसँग जोडिएकाले काष्ठमण्डपको इतिहास, कला, वास्तुकला बारे अध्ययन–अनुसन्धान तिर राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरातत्वबिद्हरु उत्सुक देखिएका थिए । हाल काष्ठमण्डप, काष्ठमण्डप पुनर्निर्माण सामितिबाट काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण कार्य भईरहेकोछ । त्यसैगरी यस क्षेत्रमा अर्को आकर्षणको केन्द्रका रूपमा मानिएको नौतले दरबार र लोंह चोकतिरको बुर्जाहरु पुनःनिर्माण गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ र यसलाई मित्र राष्ट्र चीनको सहयोगमा निर्माण कार्य भईरहेकोछ । अर्को आकर्षणको केन्द्रका रूपमा मानिएको गद्दी बैठक अमेरिकन एम्बेसेडर फन्डको सहयोगमा सम्पन्न भइसकेको छ । सबैभन्दा बढी प्रतिशत सम्पदा यसै क्षेत्रमा क्षति भएको हुनाले स्थानीय व्यक्ति किकर्तब्यदिमुढको अवस्थामा रहेको थियो । प्रभावकारी संरक्षण जीर्णोद्वार पुनःनिर्माण कार्य देखिन तीन वर्षभित्रमा यथास्थितिमा यस हनुमानढोका दरवार क्षेत्रलाई पु¥याउन सक्ने विश्वास गर्न सकिन्छ ।
आंशिक क्षति भएका शिव पार्वती र कुमारी घर काठमाडौँ महानगरपालिकाले जीर्णोद्वार गर्ने निति तथा कार्यकम रहेको छ । लक्ष्य अनुसार त्रैलोक्य मोहन मन्दिर, माजु देग समयमा कार्य सम्पन्न हुने देखिएको छ । नौतले दरबार र गद्दी बैठक बीचको भाग हनुमानढोका दरवार संग्रहालय समितिले जिर्णोद्वार गरिरहेको छ । यसरी यस क्षेत्रको सबै सम्पदाहरु धमाधम अगाडि बढिरहेको छ ।
जिर्णोद्धार तथा पुनर्निर्माण प्रक्रिया फरक–फरक पुन संरचना गर्नुपर्ने सार्वजनिक खरिद कार्यविधि अनुसार बोलपत्र आव्हान गरी खुल्ला प्रतिष्पर्धाको माध्यमले जीर्णोद्वार, पुनःनिर्माण कार्य गर्नुपर्ने बाध्यता छ भने नौतले मित्र राष्ट्र चीनको आर्थिक सहयोगमा चिनियाँ प्रविधीक हरूको रेखदेखमा प्रतिस्पर्धा नगरी सोझै बजारबाट सामान खरिद गरी नेपाली कामदारलाई ज्यालादारीमा काम गराइ रहेका छन् । ३० जूलाई २०२२ भित्र काम सम्पन्न गर्ने गरी काम गरिरहेको छ । त्यस्तै गद्दी बैठक American Ambassador Fund बाट Miyamoto Consultancy मार्फत प्राविधिक र आर्थिक प्रस्तावको आधारमा कार्य सम्पन्न भएको छ । २०७२ को भूकम्पले नौतले दरबार र लोंह चोकको अन्य ३ बुर्जालाई अत्याधिक क्षति पु¥याएको ठम्माई विशेषज्ञको रहेको छ । त्यसताका जीर्णोद्वारमा संलग्न John Sandy स्वयं गल्ती भएको स्वीकार गरेका छन् । ललितपुर तयधभच समेत पश्चिम उत्तर र ढल्केकालाई सोझो गरेकोमा २०७२ को भूकम्पले पश्चिम दक्षिण ढल्किन गएबाट ढल्किनुको कारण अनुसन्धान विश्लेषण नगरी काम गरिएको भन्न सकिन्छ । Cement, iron angle हरु को प्रयोगले जिर्णोद्वार कार्यमा समस्या देखिएको छ । आर.सि.सि बिमहरुलाई हटाई काठको निदालहरु राख्न सम्पदा संरक्षणविद्हरूको सुझाव भएपनि निकाल्न धेरै बिगार्नु पर्ने देखिन आएको छ । यसले हाम्रो परम्परागत निर्माण प्रविधि र निर्माण सामग्री प्रयोगले मात्र भविष्यमा पनि मर्मत सम्भार जीर्णोद्वार गर्न सजिलो देखियो । यसरी २०७२ को विनाशकारी भुकम्पको क्षति ब्यहोर्दै समग्र संरक्षित स्मारक क्षेत्र मध्ये काठमाण्डौको हनुमानढोका दरबार क्ष्ोत्रमा बचेको मठ–मन्दिरमा टेको लगाई सुरक्षित गर्ने, समग्र सामग्रीको ब्यवस्थापन कार्य त्यति सहज थिएन र पनि काठमाण्डौ महानगरपालिका र पुरातत्वको विशेष पहलमा अथक मिहेनत पश्चात पुन पर्यटकको आगमनलाई खुला गर्दै र जीर्णोद्धार, पुनःनिर्माण कार्य अगाडी बढी पुरानो अवस्थामा फर्किदै गरेको समयमा फेरि विश्व नै स्तब्ध हुनेगरि देखापरेको महामारीको भाईरस कोभिड–१९ ले अर्को धक्का लागेको छ । यद्यपि परिस्थितिको सामना गर्दै र अपनाउनुपर्ने सम्पुर्ण सुरक्षाको ब्यबस्था गर्दै कार्य अगाडी बढिरहेको छ । पल्टन घर ऐतिहांसिक, पुरातात्विक महत्व र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्पदाप्रेमीहरुका लागि अध्ययनको केन्द्र बन्न सफल भएको छ । पल्टन घर वि.सं. १८३३ (लगभग १७७६ AD मा बनेको ऐतिहासिक बस्नेत परिबारको निजी संरचना भएपनि यसको आफ्नै महत्वपुर्ण इतिहांस छ । अभिमान सिं बस्नेतले आफ्ना ७२ जना सिपाईको साथले युद्ध गरेको र पछि तिनै सिपाहीको सम्मान स्वरुप पल्टनको मुर्ती बनाई हालको पल्टन घरको अगाडी निर्माण गर्न लगाएको साथै आफु भित्री चोकको घरमा बस्ने र बर्तमान घरमा पल्टनहरुलाई राखेको भएर यो घर पल्टन घरको नामले प्रख्यात रहेको कुरा बस्नेत परिवार श्रोतले जानकारी दिनुभयो । पल्टन घरको बारेमा धेरै देश विदेशबाट अध्ययन Neils Gutschow को Architecture of Newars, Nepal, Perceval London, मा उल्लेख भएको) भईरहको छ । यसरी यो Museum को रुपमा रहेको भन्न सकिन्छ । हाल यस घरको परम्परा, मौलिकता, ईतिहांस नष्ट नहुने गरि जिर्णोद्यार गर्न लागिएको छ, जुन धेरै नै प्रशंसयोग्य र प्रोत्साहन योग्य रहेकोले सम्बन्धित निकायले पनि यसमा साथ दिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । चुनौति परम्परागत निर्माण सामग्रीको सहज उपलब्ध (जस्तै, माँ अप्पा, दाची अप्पा, बुट्टा, नागोल, सल्ला लम्बाई काठ, अग्राख, चुना सुर्खि, ढुंगा आदि) को एथेष्ट श्रोत ब्यबस्थापन आवश्यक । पौराणिक, ऐतिहासिक, पुरातात्विक संरचना बनाउन नयाँ पिंढीलाई आकर्षण, हौसला, प्रोत्साहन गरि तालिमको ब्यवस्था गरेर दक्ष जनशक्ति तयार गर्नुपर्ने । परम्परागत पौराणिक, ऐतिहासिक, पुरातात्विक निजी संरचनाहरुको, जिर्णेद्धार कार्यको लागि हौसला, प्रोत्साहन गरि संरक्षण गर्न मापदण्ड तयार गर्नुपर्ने । नेपाल सरकारको खरिद प्रकृयाको नियम, मापदण्डमा स्मारक, सम्पदा क्षेत्रको लागि छुट्टै नियम, मापदण्डको आवश्यक । उत्खनन, अनुसन्धानको लागि आफ्नै देशको एथेष्ट विज्ञहरुको संलग्न गरि अन्तर्राष्ट्रिय स्तरको ल्याबको स्थापना गर्न आवश्यक । सम्पदा संरक्षणमा आवश्यक पर्ने डकुमेन्टेसनको अभावले जीर्णोद्धार कार्यमा असहज स्थिति आईरहने हुँदा आगामी समयको लागि बृहत्त डकुमेन्ट्स संकलन, संलग्न गरि राष्ट्रिय स्तरको लाईब्रेरि स्थापना गर्न आवश्यक । कतिपय सम्पदाहरुका मठ–मन्दिर, संरचनाहरुमा अन्य देशका पाहुना, प्राविधिक, विज्ञहरु पस्न वर्जित परम्परा रहेकोले उच्च सतर्कता सहित पलना गर्नुपर्ने देखिन्छ । अवसर हाम्रा मौलिक सम्पदाहरूको निर्माण प्रविधिमा कुनै प्रकारको कमीकमजोरी देखिँदैन र ती सम्पदाहरुको बिग्रनु, भत्किनुको प्रमुख कारण नियमित र आवधिक मर्मत सम्भारको अभावले नै भएको देखायो । विगतको अनुभवले ८० वर्षको हाराहारीमा ठूलो भूकम्प आउने बीचमा साना–साना भूकम्पहरु आउने निश्चित नै छ । तसर्थ अहिले भइरहेको जीर्णोद्वार, पुनःनिर्माण कार्यमा विगतमा गरिएको कमीकमजोरी त्रुटीलाई सच्याउनु पर्दछ र भविष्यमा ठूलो धन क्षति हुन नदिन नियमित सम्भारको व्यवस्था गर्न आवश्यक छ र करोडौं खर्च गरेर जीर्णोद्वार पुनःनिर्माण गरिएको सतल, पार्टी, मन्दिर, आदिलाई बेवारिस छोड्नु हुँदैन । समयनुकुल उपयोग गरी आत्मनिर्भर सम्पदा बनाउन साथै सरकारले सम्पदा संरक्षणको कार्यलाई प्रोत्साहित गरी सुनिश्चित गर्न आवश्यक छ । जनसहभागिता र सहयोगमा यी सम्पदाहरु जोगाउन सकिने देखिएकोले सम्पदा संरक्षण जिम्मेवारी बोध गराउन स्थानीय सरकारले सम्मान र सहयोग नीति र विधि बनाउन प्रभावकारी हुनसक्छ । खोटो ननिकालेको सल्ला काठ (१.७२६) मापनमा अरु काठभन्दा बलियो हुने हुदा यसको संरक्षण, उत्पादनमा ध्यान जानुपर्ने देखिन्छ र हाल नदि किनारहरुको संरक्षण भैरहेको सन्दर्भमा बागमति, विष्णुमति, धोविखोला किनारहरुमा सल्ला रोप्ने कार्य लगायत देशभरका सम्भावित ठाउँहरुमा अझ बढि कार्य गरी सम्पदा बन बनाउन आवश्यक देखिन्छ । ..................
(लेखकद्वय झा र कार्कीले आफू संलग्न सेवाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि पुनर्निर्माण कार्य चल्दै गरेको अवस्थामा प्रस्तुत गरेको यो सामग्री ‘आत्मनिर्भर सम्पदा’ जस्तो नवीन दृष्टिकोणयुक्त विषय भएकाले समय घर्के पनि यहाँ पुनः प्रकाशन गरिएको हो) OOO
प्रकाशित: २०७८ जेठ २९

- काष्ठमण्डप
- माजु देग
- त्रैलोक्य मोहन मन्दिर
- कामदेव मन्दिर
- विष्णु मन्दिर (माझे भन्दा उत्तर)
- शिव मन्दिर – २ (तलेजु मन्दिर अगाडी सिंह गेट नजिक)
- प्रताप स्तम्भ
- राधाकृष्ण मन्दिर (च्यासिंह देग)
- कागेश्वर मन्दिर
- शिवमन्दिर (नागपोखरी नजिकै)
- शिवमन्दिर (काष्ठमण्डपको पश्चिम उत्तर)
- नारयण मन्दिर
- शिव पार्वती मन्दिर
- विष्णु मन्दिर
- देगु तलेजु मन्दिर
- महाविष्णु मन्दिर
- नौतले दरबार
- नगरा घर र नगरा बाजा
- गद्दी बैठक
- नासल चोकको पश्चिम र दक्षिण भवन
- मूल चोकको पूर्वी र दक्षिण छाना
- आगम मन्दिर र जोडिएको मल्लकालीन दरबार
- मसान चोकको नाट्येश्वर मन्दिर
- कडेलचोकको भगवती मन्दिर
- श्वेत भैरव
- गोपीनाथ मन्दिर
- जगन्नाथ मन्दिर
- पञ्चमुखी हनुमान मन्दिर
- लक्ष्मीनारायण मन्दिर
- सरस्वती मन्दिर

June 12th 2021
प्रतिक्रिया दिनुहोस्