हेलम्बु र पाँचपोखरीका लागि थप ५०/५० लाख सहयोग गर्दै काठमाडौं महानगरपालिका
निर्माण सञ्चार, ०४ असार, काठमाडौं ।
पहिरो बाढीले क्षतिग्रस्त हेलम्बु र पाँचपोखरी पालिकाका लागि काठमाडौं महनागरपालिकाले थप ५०/५० लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
मेलम्ची बाढी पहिरो पीडितको राहत तथा पुनस्र्थापनाका लागि बिहीबार मात्रै २ करोड रुपियाँ सहयोग गर्ने निर्णय गरिसकेको काठमाडौं महानगरपालिले केही दिनमै बस्ने परिषद् वैठकबाट पारित गर्ने गरी यी दुई पालिकाका लागि थप उक्त सहयोग दिने प्रस्ताव तयार गरेको हो ।
महानगर प्रमुख विद्यासुन्दर शाक्य सहित सिन्धुपाल्चोकबाट काठमाडौं आई विभिन्न वडामा प्रतिनिधित्व गरिरहेका वडाका नेताहरुको सुझाव पछि मेयर शाक्यले उक्त दुई गाउँपालिकाका लागि उक्त सहयोग गर्ने प्रस्ताव ओके गरेको काठमाडौं महानगपालिका वडा नम्बर–७ का वडा सदस्य कृष्णमणि भट्टराईले जानकारी दिएका हुन् ।
OOO
प्रकाशित: २०७८ आषाढ ४
प्रकाशित: २०७८ आषाढ ४
June 18th 2021
प्रतिक्रिया दिनुहोस्