बुद्धिजीवी परिषद्मा पुनः देवकोटा– विशिष्टीकृत विशेषज्ञ सहित नयाँ कार्यसमिति चयन
निर्माण सञ्चार, २३ चैत ०७८, काठमाडौं ।
नेपाल बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनबाट डा दिनेशचन्द्र देवकोटा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । महासचविमा इन्जिनियर गजेन्द्र थपलिया सहितको नयाँ कार्यसमितिले पूर्ववत् विशेषज्ञहरुलाई नै चिर्वाचित गरेको छ ।
काठमाडौंको टोखास्थित लोर्डप्यालेसमा ३ दिन (१९–२१) सम्म चलेको अधिवेशनले १३७ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको हो ।
नयाँ विधान अनुसार केन्द्रीय कमिटी १५१ सदस्यीय रहने व्यवस्था छ । यसअघि ८३ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था थियो । त्यतिबेला केन्द्रीय पदाधिकारी १९ सदस्यीय रहनेमा यो परिवर्तन पछि पदाधिकारीको संख्या भने १७ मा सीमित भएको छ । नयाँ केन्द्रीय कमिटीमा सातै प्रदेशबाट ६ पुरुष, ३ महिला सहित ६३ जना विशेषज्ञहरुलाई निर्वाचित गरेको छ । ‘यो संख्या भनेको भूगोलको प्रतिनिधित्व हो,’ महासचिव इन्जिनियर गजेन्द्र थपलियाले बताए । उनका अनुसार भूगोलबाट निर्वाचित हुने प्रतिनिधिहरु पनि विज्ञताकै आधारमा ल्याइने गरिएको छ । जसमा विगतमा जिल्ला कार्यसमितिमा विशिष्ट योगदान दिएका बुद्धिजीवीहरु नै समेटिने प्रावधान रहेको उनको दाबी छ । १३७ निर्वाचित मध्ये खुला विशेषज्ञता तर्फ १५ महिला र २९ पुरुष गरी ४४ जना निर्वाचित भएका छन् । यो निर्वाचनले विशिष्टीकृत विशेषज्ञलाई समेत केन्द्रीय कार्यसमितिमा ल्याउने नयाँ व्यवस्था लागु गरेको छ । जसअनुसार कुनै पनि विशिष्टीकृत क्षेत्रको विशेषज्ञमध्ये ३ जना केन्द्रीय नेतृत्वमा निर्वाचित गरिने छ । विधानले विशिष्टीकृत विशेषज्ञता हासिल गरेकोबाट मधेसी, दलित, जनजाति जस्ता समावेशी कोटामा ३/३ जना निर्वाचित गरेको महसाचिव थपलियाले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २० गते परिषद्को राष्ट्रिय अधिवेशनको उद्घाटन गरेका थिए भने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको समापन गरेका थिए । त्यसअघि १९ गते महाचिव शंकर पोखरेलको प्रमुखातिथ्यमा ‘समृद्धिका लागि बुद्धिजीवी’ भन्ने मूलनारामा केन्द्रित रही विभिन्न विषयगत विशेषज्ञहरुले प्रस्तुति दिएका थिए । उद्घाटन अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवी परिषद्को सामयिक प्रकाशन ‘प्रज्ञान्तरण’को समेत लोकार्पण गरेका थिए । अधिवेशन समापनको भोलिपल्ट २२ गते देशैभरका बुद्धिजीवी प्रतिनिधिहरुलाई स्थानीय निर्वाचनको घोषणापत्र निर्माणबारे प्रशिक्षण दिइएको थियो । आयोजक परिषद् अनुसार एमाले सचिव विष्णु रिमालले स्थानीय तह निर्वाचनबारे जनप्रतिनिधिहरुलाई समेत दिशा निर्देश हुने गरी घोषणापत्र सम्बन्धी एक दिने ‘ओरिएन्टेसन’ दिएका हुन् । परिषद्को गठन २०४८ सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारीको अगुवाइमा भएको थियो । प्रगतिशील, लोकतान्त्रि र देशभक्त बुद्धिजीवीहरुलाई राष्ट्रनिर्माणमा समेटिनु पर्ने धारणा सहित गठन गरिएको बुद्धिजीवी परिषद्ले मुलुक निर्माणसँग जोडिएका हरेक विषयमा आफू निकट राजनीतिक दल एमालेलाई नीति निर्देश गर्ने गरेको बताइन्छ । बुद्धिजीवीहरुका अनुसार संविधान जारीपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै अघि बढिरहेको छ । तथापि स्थायित्व र विकासका निम्ति मुलुकले लिनु पर्ने दीर्घकालीन दृष्टिकोणका अपेक्षा स्थिर सरकार हुनु पर्ने नहुँदा जनताको विकास र समृद्धिको अपेक्षा पुरा हुन सकेको छैन । परिषद्ले अबको आफ्नो मुख्य ध्यान स्थानीय तहको विकासमा बौद्धिक योगदान दिने भन्ने रहेको बताएको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो वैठकले स्थानीय तहमा फर्केपछि अब हुने स्थानीय निर्वाचनमा नेतृत्व गर्ने जनप्रतिनिधिलाई विकासे प्रतिबद्धता र सोही अनुसार विकास निर्माणमा सहयोगी भूमिका खेल्ने छ । स्थानीय तहका आआफ्ना विशेषता सहित स्थानीय स्रोत, साधन र क्षमताका आधारमा स्थानीय तह विकास र समृद्धिका लागि जनप्रतिनिधिहरुलाई मार्गदर्शन गर्ने मुख्य अभिभारा नै बुद्धिजीवी परिषद्को रहेको परिषद्को बझुाइ छ । ‘परिषद् यही मुख्य अभिभारा बोकेर जिल्लाजिल्ला जाने छ र आफ्ना जनप्रतिनिधिहरुलाई चुनावमा समेत विजय गराउन लाग्ने छ’ महसचिव थपलियाले भने । बुद्धिजीवी परिषद्मा निर्वाचित पदाधिकारीहरु— अध्यक्ष— डा. दिनेशचन्द्र देवकोटा उपाध्यक्षहरु–
विधान आचार्य
प्रा. कामानन्द देव
डा. दीपेन्द्र भण्डारी
राधा अधिकारी
कविता लुइँटेल महासचिव–
ई. गजेन्द्र थपलिया उपमहासचिवहरु– गोविन्द बहादुर शाही
सुशील बिक
सचिवहरु–
कृष्णकुमार लम्साल
डा. सुन्दर तिवारी
ऋषि खनाल
टीका ढकाल
डा. दीपेन्द्र श्रेष्ठ
डा. अर्जुन सिंह
यज्ञ शर्मा कोषाध्यक्ष–
गोपीकृष्ण न्यौपाने
०००
प्रकाशित: २०७८ चैत्र २३

April 6th 2022
प्रतिक्रिया दिनुहोस्