अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सबलीकरणका लागि सहकारी र प्रविधिमा पहुँचबारे
निर्माण सञ्चार, सहकारी विशेष बहस ।
सहकारी भन्नाले सहकार्यको भाव प्रतिनिधित्व भएको उस्तै भाव विचार मिल्ने समूहको विकास र उन्नतीको लागि दर्तागत रुपमा खोलिएको सामाजिक व्यवसाय हो । यसमा भन्नलाई सहकारीलाई गरिवहरुको संस्था भनिन्छ तर सहकारी त्यो भन्दा टाठाबाठाका पोल्टामा पुगेको र मात्र भाषण गर्ने थलो, उपयुक्तनीति र रणनीतिको अभाव भित्रको राज्यको प्राथमिकता नपाएको अभियानको लागि अभियान हो की भन्नु पर्दछ । सहकारीको विकासका लागि ६५ वर्षदेखि राष्ट्रिय सहकारी दिवसमा तय हुने गरेका नारा त मिठा तर नीति र रणनीति वीनाका कोसेली बन्दै आएका छन् जसले सहकारीलाई राज्यको प्राथमिकताको क्षेत्र बनाउन सकेको छैन । बरु सहकारीले उपुयुक्त बाटो लिन डोर्याउन नजान्दा सदस्यको पैसा फसेर भगुवाको दर्जामा जाने समस्या बढेको पनि छ । यस तर्पm अभियानले समाधान खोजेमा आर्थिक सवलीकरणमा सहकारीको सार्थकता सिद्ध हुने देखिन्छ । अभियान नारा तय गर्ने र त्यसको प्रचारमा मात्र सिमित रहेको अवस्थाले राम्रो कार्य गर्ने सहकारी समेत राज्यले दिने सुविधाबाट वञ्चित हुने गरेका छन् । तथापि सहकारी क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरुको अर्थिक सबलीकरण गर्नका लागि वीउ पुजीको व्यवस्था, कार्यक्रम अनुदान, तालिम तथा शिक्षा लगायतको व्यवस्थामा प्राथमिकता आजको आवश्यकता हो । सरकारी तथा गैर सरकारी निकायहरुले अपाङ्गता क्षेत्रमा सामाजिक तथा शैक्षिक जागरण ल्याउनामा त योगदान गरे । तर आर्थिक रुपमा सबल बन्न भने सकेको पाइदैन । सिमित व्यक्तिलाई अधिकारका वारेमा वहस पैरवी गर्न सक्ने बनायो । तथापि अपाङ्गता भएका चाहे महिला, पुरुष एवं बालबालिका घरेलु हिंसा, सामाजिक हिंसा, मनोवैज्ञानिक हिंसा, अस्मिता जोखिमयुक्त हिंसा(महिला तथा वालिका बलात्कृत हुने), कार्यगत हिंसा लगायतबाट अपाङ्गता भएका व्यक्तिहरु पिडित छन् । यस्ता पीडाबाट बाहिर ल्याउन सहकार्यको जरुरत पर्दछ । जसको लागि सहकारीले भूमिका खेल्न सक्छ । यसको लागि राज्यका सबैतह, गैर सरकारी संघसंस्था, निजी क्षेत्र, सहकारीका सबै क्षेत्रका संघसंस्था एवं निकाय, व्यक्ति सबैको सहकार्य र सहयोग एवं हातेमालो हुनु पर्दछ । जुन हातेमालोको राम्रो माध्यम वा आधार संस्था अष्टाबक्र सहकारी बन्न सक्दछ । बनाएर अवसर प्रदान गर्ने मौका मिल्छ भन्ने अपेक्षा राख्न सकिन्छ ।
अपाङ्गता भएका व्यक्तिहरु अझै परिवारका कुनै सदस्य वा अन्य व्यक्ति प्रति आश्रित हुनु पर्ने त्यसमा पनि परिवारले सँधै तल्लो दर्जामा राख्ने, पारिवारिक गतिविधिमा समान र सम्मान जनक तवरले सहभागी हुन पाउने अवरसरबाट बञ्चित गर्ने अवस्था रहेको छ । जसको कारण विभिन्न समस्याले अपाङ्गता भएका व्यक्तिहरु घर छोडेर हिड्नु पर्ने, फर्केर पुनस्थापित हुन सक्ने अवस्था नआउने, पैत्रिक सम्पत्तिबाट समेत वञ्चितिकरणमा पर्ने लगायतका कारण आर्थिक अवस्था ज्यादै दयनिय हुँदै गएको पाइन्छ । जसको कारण पाए त कुनै संस्थाको शरणमा बस्नु पर्ने, नपाए आकाश मुनी घर मानेर बस्नु पर्ने अपाङ्गता भएका व्यक्तिहरुको बाध्यता हो । यस्ता वाध्यताबाट वाहिर ल्याउन आर्थिक, सामाजिक र साँस्कृति रुपमा पारिवारिक तवरले सवलीकरण गर्न सहकारीताको आवश्यकता रहेको छ । जुन काम अष्टावक्र सहकारीले गर्ने प्रयास गरिरहेको छ । यस्ता कार्य गर्न राज्यका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका निकायले प्रार्थमिकता दिनु पर्दछ । तर त्यो अहिलेसम्म हुन सकेको छैन । सहकारीको पनि अवस्था र लक्षित वर्गको मापन गरी राज्यले स्वरोजगारी, सीप तथा तालिम, क्षमता अभिबृद्धि, अवलोकन भ्रमण, सम्मेलनमा सहभागिता लगायतमा प्राथमिकता दिनु पर्दछ । अपाङ्गता भएका व्यतिmका लागि सहकारी किन त ?
(लेखक सरस्वती चौलागाईं अपाङ्गता क्षेत्रबाट सहकारी आन्दोलनमा सक्रिय छिन्)
प्रकाशित: २०७८ चैत्र २३

- अपाङ्गता भएका व्यक्तिका लागि सहकारी स्वरोजगारीको सिर्जना गर्न,
- वचत गर्ने, सीप र दक्षताको सदुपयोग गर्ने वानीको विकास गर्न,
- सञ्जालीकरणको विकास गर्न,
- घरेलु हिंसा, सामाजिक हिंसा, मनोवैज्ञानिक हिंसा, अस्मिता जोखिमयुक्त हिंसा(महिला तथा वालिका बलात्कृत हुने), कार्यगत हिंसाबाट पार पाउन वा लगाउन,
- उद्यमशीलता विकास गरी उद्यमी बन्न,
- सहकार्य र सहकारीताको भावना विकास गर्न,
- बञ्चितिकरणको अवस्थाबाट माथि उठ्न,
- मैत्रीपुर्ण वातावरणको सिर्जना गर्न,
- एकताको भवनाको विकास गर्न ,
- प्रविधिमा अगाडि बढ्न लगायत
(लेखक सरस्वती चौलागाईं अपाङ्गता क्षेत्रबाट सहकारी आन्दोलनमा सक्रिय छिन्)
प्रकाशित: २०७८ चैत्र २३
April 6th 2022
प्रतिक्रिया दिनुहोस्