नेपाली समय: ०९:२३:४८ राती
वि.सं २०७६ मंसिर २९   आइतबार

अन्ततः सन्दीपले भिसा पाए

निर्माण सञ्चार, २८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अन्ततः भिसा पाएका छन्।

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका उनलाई अमेरिकी दूतावासले बिहान भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले फेरि रिभ्यूका लागि बोलाएर भिसा दिएको हो। 

उनले ट्विट गरेर जानकारी गराउँदै अमेरिकी दूतावास, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई धन्यवाद दिएका छन्।

अमेरिकी दूतावासले उनलाई भिसा नदिएको समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएपछि उनका समर्थकले सामाजिक सञ्जालमा व्यापक विरोध गरेका थिए।


सम्बन्धित समाचार

क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'भिसा रिभ्यू'का लागि बोलायो

अमेरिकी दूतावासद्वारा क्रिकेटर लामिछानेलाई भिसा दिन अस्वीकार

 

 

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन २८
August 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार