नेपाली समय: १०:५२:१४ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

कुन कुन बैंकले दशैं अघि दिदैँछन् नगद लाभांश ?

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं ।  गत आर्थिक वर्ष २०७५/०७६० को बैङ्क तथा वित्तीय संस्थालेआफ्ना लगानीकर्तालाई दिने लाभांश वितरण गर्ने तयारी गरेका छन्। जसको लागि दशैँअघि नै साधारण सभा गरेर आफ्ना लगानीकर्तालाई दिने लाभांश पारित गराउन बैङ्क तथा वित्तीय संस्थाले धमाधम साधारणसभा समेत बोलाउन थालेका छन् ।

यस पटक वाणिज्य बैङ्कहरुले बोनस सेयर भन्दा पनि नगद लाभांशलाई जोड दिएका छन् । नगद लाभांश लगानीकर्ताले साधारणसभा पश्चात छिट्टै नै पाउँछन् । यद्यपि, बोनस सेयर डिम्याट खातामा जान भने केही समय लाग्छ । कम्पनीहरुले लगानीकर्ता आकर्षित गर्न नगद लाभांशलाई जोड दिएका छन् ।

त्यस्तै केही बीमा कम्पनीले पनि गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई दशैँ अघि नै लाभांश दिने तयारीमा जुटेका छन् । जसको लागि प्राइम लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव स्वीकृतिका लागि असोज ७ गतेलाई साधारणसभा बोलाएको छ । यसले चुक्तापुँजीको १२.५ प्रतिशत बोनस सेयर र सो बोनस सेयरका लागि लाग्ने कर तिर्न १ करोड १७ लाख ४२ हजार ३३६ रुपैयाँ नगद दिनेछ ।

एनएलजी इन्स्यारेन्सले भने ६० प्रतिशत हकप्रद सेयर दिने भएको छ । यसको नगद र बोनस सेयर छैन । यसले असोज ८ गतेलाई साधारणसभा बोलाएको छ ।

एभरेष्ट इन्सुरेन्सले असोज १ गतेलाई साधारणसभा बोलाएको छ । नेपाल इन्सुरेन्सले भदौ ८ मा साधारण सभा गरिसकेको छ । असोज ६ गतेलाई साधारण सभा बोलाएको हिमालयन जनरलको पनि लाभांश छैन । नेकोले १२ प्रतिशत बोनस सेयर र ०।६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव भदौ १४ गतेको साधारण सभाबाट पारित गरेको छ। यता प्रुडेन्सियलको पनि साधारणसभा भइसक्यो ।

नेपाल लाइफ इन्सुरेन्सले पनि गत वर्षको नाफाबाट २.५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने छ ।

त्यस्तै बैंकहरुमा सिटिजन्स बैङ्कले १२ प्रतिशतका दरले हुन आउने १ अर्ब ४५ लाख २७ हजार ७ सय ७३ रुपैयाँ बराबरको नगद लाभांश दिदैछ । यस्तै  ३ प्रतिशतका दरले हुन आउने २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । यसै प्रयोजनका लागि असोज १० गतेलाई सिटिजन्स बैङ्कले साधारण सभा बोलाएको छ ।

कुमारी बैङ्कले पनि दशैँ अघि नै आफ्ना सेयर धनीलाई बोनस सेयर र नगद लाभांश दिँदैछ । यसका लागि बैङ्कले असोज ११ मा साधारण सभा बोलाएको छ । एनआइसी एसिया बैङ्कले पनि असोज ६ गतेलाई साधारण सभा बोलाएको छ । सानिमा बैङ्कले  आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्नेछ । यसको साधारणसभा मिति तोकिएको छैन् । एनसीसी बैङ्कले भने सेयरधनीलाई लाभांश दिएको छैन । यसले भदौ २३ मा साधारणसभा बोलाएको छ । दशैँ अगाडी नै लाभांश घोषणा गरेका धेरै कम्पनीले साधाणसभा गर्ने देखिन्छ । त्यस्तै अन्य बैंकहरुले पनि लाभांश वितरणको लागि तयारीमा लागेका छन्।

लघुवित्त कम्पनी कसले कति दिनेछन् लाभांश ?

पछिल्लाे समय लघुवित्त कम्पनीहरुले पनि लगानीकर्ता आकर्षित गर्न नगद लाभांश भन्दा बढी बोनस सेयर दिने भएका छन् । उनीहरुले आफुले दिने लाभांशको घोषणा गरिसकेका छन् ।

 



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार