नेपाली समय: ०६:४७:३६ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

रौतहटमा स्काभेटर आगजनीः महासंघद्वारा भत्र्सना, आगजनीबाट ४० लाख बढीको क्षति

निर्माण सञ्चार, काठमाडौं । रौतहटको गुजरा नगरपालिका–६ मा परसवा, पल्टुवा खतबैयामा निर्माणाधीन सडकमा प्रयोग भएको स्काभेटरमा आगजनी गरिएको छ । 
द्वन्द्वको अवधि पछि सडक पूर्वाधारका क्रममा स्काभेटर आगजनीको यो घटना लगातार चौथो वर्षको घटना हो । यो चार वर्षमा मात्रै सडकमा काम गरिरहेका करिब ३ दर्जन बढी स्काभेटरमा आगजनी भएको छ । 

उक्त घटनाको निन्दा गर्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत शहरी पूर्वाधार निर्माणमा रहेको रमण–सगरमाथा–सगुन जेभी निर्माण कम्पनीको बा १ प ७३२४ नम्बरको स्काभेटरमा आगजनी गरिएको जेभी कम्पनीका सञ्चालक सहदेव खड्काले बताए ।

मंगलाबार विज्ञप्ति जारी गर्दै एफक्यानले घटनाको निन्दा गरेको हो ।  महासंघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित व्यवसायीलाई उचित क्षतिपूर्ति दिन सरकार समक्ष माग गरेको छ ।


पछिल्ला दिनमा निर्माण व्यवसायीलाई अज्ञात नम्बरबाट फोन धम्की समेत आइरहेकै अवस्थामा निर्माण क्षेत्रमा भइरहेका स्काभेटर आगजनी जस्ता घटनाले निर्माण उद्योग दिनप्रतिदिन असुरक्षित बन्दै गएको निर्माण व्यवसायीहरुको बुझाइ छ ।

जेलभित्रैबाट धम्की आउँदा पनि गृहप्रशासन किन लाचार ?

देशको विकास बजेट खर्च गर्ने क्रममा विकासका लागि कार्यरत औजारहरुमा आगलागी गरिनु व्यवसायी लक्षित डरत्रास फैलाउने कामकै निरन्तरता रहेको महासंघका महासचिव रोशन दाहालले बताए ।
सरकारले पछिल्ला दिनमा निर्माण व्यवसायी लक्षित आतंकित पार्ने घटनामा न्यूनीकरण गर्न सकिरहेको छैन । प्रहरी निरगारनीमा जेलभित्र रहेका पूर्व अध्यक्ष शरद गौचन हत्याका अभियुक्तहरुले जेलभित्रैबाट व्यवसायीहरुलाई कमिसन माग्दै फोन धम्की आइरहँदा स्वयम् गृह प्रशासनले त्यस विरुद्ध एक्सन लिन नसकिरहेको निर्माण व्यवसायीको गुनासो छ । 

...
बिहीबार, ०२ बैशाख, ०७६



प्रकाशित: २०७६ जेठ २
May 16th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार