नेपाली समय: ०७:२१:५९ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

अमेरिकी सैन्य अखडामा इरानद्वारा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण

निर्माण सञ्चार, २३ पुस, एजेन्सी । इरानले इराकस्थित अमेरिकी सेनाका दुई हवाई अड्डामा दुई दर्जन बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि बदलामा इरानले सो आक्रमण गरेको बताइएको छ । यतिबेला विश्वमा अमेरिका इरान युद्ध सन्त्रास व्याप्त छ । 

इरानी मिसाइल आक्रमणको अमेरिकाको रक्षा विभागले उक्त आक्रमणको पुष्टि गरेका हुन् ।

अमेरिकी रक्षा विभाग अनुसार उक्त मिसाइल अक्रमण इरबिल र अल–असदका फरक फरक सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको उसले पुष्टि गरेको छ ।

पेन्टागनका अनुसार, मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ ।

तर, इरानी सञ्चार माध्यमहरुले भने एस सय २० बढी अमेरिकी सैनिकहरु हताहती भएको दाबी गरेका छन् । यता, इरानी सरकारी टेलिभिजनले पनि इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको बताएको छ ।

इरानी समाचार संस्थाहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरिएको हो । 

इरानी रिभोलुसनरी गार्डको भनाइ उद्धृत गर्दै इरानी समाचार संस्थाहरुले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आतंककारी हुन् ।

उनकै निर्देशनमा उनीहरुका सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएको हो । सोही बदलामा प्रतिआक्रमण गरिएको हो ।’

सुलेमानीको मंगलबार अन्त्येष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आक्रमण गरेको हो । सो मिसाइल आक्रमण पछि इरानले अमेरिकालाई सहयोग गर्दै आएका छिमेकी वा मध्यपूर्वी राष्ट्रहरुमा पनि आक्रमण गर्ने चेतावनी दिएको छ । 

इराकस्थित सैन्य क्याम्पहरुमा इराकी जनताले नै आवासलगायत विभिन्न पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।

यसको जवाफ दिनेबारे गएराति तयारी गर्दै गरेको ह्वावाइटहाउसले भने विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको थियो ।

पछि उसले छइराक, इरान र पर्सियन खाडीमाथिको आकासमा आकस्मिक संकटकाल घोषणा’ गरेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार इराकमा रहेका अमेरिकी सेनामाथिको आक्रमणले अमेरिकी सरकार सतर्क रहेको जनाएको थियो ।

अमेरिकाले गत शुक्रबार बग्दादस्थित विमानस्थलमा ड्रोन आक्रमणमा गरी इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जनाको हत्या गरेको थियो ।

सो घटनापछि इरान र अमेरिकाबीच तनाब उत्कर्षमा पुगेको थियो ।

इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पहिले नै घोषणा गरेको थियो । यसरी आक्रमण हुन थालेपछि मध्यपूर्व अशान्त बन्न लागेको भन्दै विश्वभर चिन्ता व्यक्त हुन थालेको छ ।


०००

पढौं यो पनि

 

 



प्रकाशित: २०७६ पौष २३
January 8th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार