नेपाली समय: ०९:१८:२१ राती
वि.सं २०७७ साउन २४   शनिवार

निर्माण व्यवसायीको चरम लापरवाहीः कर्णालीका ६ वटा पक्की पुल अलपत्र

निर्माण सञ्चार, १९ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा विभिन्न जिल्ला जोड्ने पक्की पुल निर्माणमा निर्माण व्यवसायीको चरम लापरवाहीले अलपत्र भएका छन् ।

निर्माण व्यवसायीले पेश्की लिने काम पुरा नगरी सम्पर्क विहीन हुुने, काम अधुरो छोड्ने बजेट अभावको बाहना गर्ने लगायतका कारणले गर्दा कर्णालीमा अहिले करिब ६ वटा पक्की पुल अलपत्र अबस्थामा छन् ।
  
जसमा जुम्लामा दानसाँघु पक्की पुल, वित्रेणी पक्की पुल सिंजाको रनुखाना पक्की पुल वर्षौ देखि अलपत्र छन् । भने, कालिकोट, बाजुरा र हुम्ला जोड्ने कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुमा निर्माणाधीन पुल आठ वर्षदेखि अलपत्र छ ।

दुई पटक शिलान्यास गरिएको पुल २०६७ सालमा निर्माण थालिएको हो । त्यस्तै सुर्खेत र बर्दियालाई जोड्ने भुरीगाउँ–तेलपानी सडक खण्डअन्तर्गत भेरी नदीमा पाँच वर्षदेखि अलपत्र छ । कालिकोट खुलालु पुल कन्काई नेपाल प्रगति जेभीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुलको हालसम्म २५ प्रतिशत काम भएको छ ।
  
निर्माण कम्पनीले ५० लाख रुपैयाँ पस्की लिएर बाँकी काम अधुरै छाडेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पुल निर्माणमा ढिलाइ हुँदा कालिकोट, बाजुरा र हुम्ला जोड्ने कर्णाली करिडोरको काममा समस्या भएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने बताए । जुम्लाको दानँनसाघु पुल दुई पटक डिजाईन गरेर पनि करोडौ बजेट खर्च भएको छ । तर अहिले सम्म निर्माण हुन सकेको छैन् ।

भने सिंजामा रहेको रनुखाना पक्की पुलको हाल सम्म दुई वटा मात्रै पिलर हालिएको छ । दानसाँघुको करिब ५ करोड बढि खर्च भईसकोको छ । भने त्रिबेणी पक्की पुल सांसद विकास कोष करोडौ बजेट खर्च भएको छ । 

पाँच वर्षसम्म सुर्खेत र बर्दिया जोड्ने पुलको पिलर मात्रै

सुर्खेत र बर्दिया जोड्ने निर्माणाधीन भुरीगाउँ–तेलपानी सडकको भेरी नदीको पुल पाँच वर्षदेखि अलत्रप छ । २०६९ देखि निर्माण थालिए पनि दुईवटा पिलर मात्रै ठडिएका छन् । २०६९ असार २९ मा पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको थियो । 

पुलको काम २०७२ असार मसान्तमा सक्नुपर्ने थियो । 

पुलका लागि निर्माण कम्पनीसँग १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता भएको थियो। ठेकदार कम्पनीले तीन करोड ८७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । तर ७५ प्रतिशत काम बाँकी छ ।

डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले निर्माण कम्पनीले तत्काल काम सुरु नगरे ठेक्का सम्झौता तोडिने बताए । उनका अनुसार जुम्लाको त्रिवेणी पुल एक दशकदेखि अलपत्र छ ।

भुक्तानी लिएर काम गर्दैनन् निर्माण व्यवसायी किन ?

निर्माण व्यवसायीले कम्पनीले ठेक्काको सम्झौता गरी पेश्की रकम लिइसकेपछि काम अधुरै छाड्ने गरेका छन् । जुम्लाको दानसाँघु नजिक तिलाकर्णाली र जवा नदीको दोभानमा निर्माण हुनुपर्ने पक्की पुल आठ वर्षदेखि अलपत्र छ ।

२०६७ मा सम्झौता भएको यो पुल तीन वर्षभित्र निर्माण भइसक्नुपर्ने हो। पुल नबन्दा जुम्ला–डोल्पा आउजाउ गर्ने सवारीसाधनलाई समस्या छ । 
भगवती पृथ्वीजेभी कम्पनी र ठेकदार तारासिंह कठायतले दुई करोड ८८ लाख रुपैयाँमा पुल निर्माण ठेक्का लिएका थिए ।

निर्माण कम्पनीले एक करोड ८८ लाख रुपैयाँ भुत्तानी लिइसकेको भौतिक पूर्वाधार विकास कार्यालय जुम्लाका सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेले बताए । पुलको डिजाइन फेल भएपछि निर्माण कार्य रोकिएको ठेकदार कठायतको दाबी छ । 

जुम्ला र जाजरकोट जोड्ने कुडारीस्थित तिला नदीमा निर्माणाधीन पक्की पुल अलपत्र छ । पाँच वर्षअघि निर्माण थालिएको यो पुल तीन वर्षभित्र सक्नुपर्ने थियो । पुलमा हालसम्म पिलरका लागि खाडल मात्र खनिएका छन्। पुलको ठेक्का अन्जान हिराचन (ट्रेन भेन्चर) कम्पनीले करिब चार करोडमा जिम्मा लिएको छ ।

म्याद थप्दा पनि काम हुँदैन किन ?

बारम्बार म्याद थप्दा पनि जाजरकोट र रुकुमपश्चिम जोड्ने पक्की पुल आठ वर्षदेखि अलत्रप छ । मध्यपहाडी लोकमार्गमा अन्तर्गत भेरी नदीमा निर्माण थालिएको यो पुल दुई वर्षभित्र सक्ने लक्ष्य थियो ।

तर ठेकदारको लापरबाहीका कारण हालसम्म नदीको एकातर्फ पिलर ठड्याउने काम मात्र भएको छ । साथै हुम्ला र मुगुलाई जोड्ने मुगुको छायानाथ रारा नगरपालिका र हुम्लाको चंखेली गाउँपालिका जोड्ने सडकमा निर्माण सुरु गरिएको पुलको काम अलपत्र छ ।

  
तत्कालीन जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकले दिएको सर्भेअनुसार पुल बनाउन थालिएको थियो । निर्माण स्थलको माटो परीक्षण नगरी काम थालिएको र काम थालेपछि कडा चट्टान फेला पर्दा मेसिन भाँच्चिँदा काम रोकिएको पृथ्वी जेभी काठमाडौं दाबी गरेको छ ।

ठेकदार राजु कार्र्कीे निर्माणस्थलमा कडा चट्टान भेटिएपछि अर्को ठाउँमा प्राविधिकले लाइन नदिँदा काम अधुरै रहेको बताए ।  वर्षौपछि निर्माण सम्पन्न भई कालिकोटका कम्तीमा ८ बढि पुल संचालनमा आउका छन् । 

 

 

०००



प्रकाशित: २०७६ मंसिर १९
December 5th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्