नेपाली समय: ११:५३:१२ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

नेपाल बैंक लिमिटेडको सिइओमा कृष्ण अधिकारीः मासिक तलब ३ लाख !

निर्माण सञ्चार, १२ असोज, काठमाडौं । ६ महिना लामो समय गुजारेपछि नेपाल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतका रुपमा कृष्णबहादूर अधिकारीलाई पाएको छ । शनिबार बसेको बैंक संचालक समितिको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो । 

मुलुककै सबैभन्दा जेठो बैंक, जसको स्थापना विसं १९९४ सालमा भएको थियो । 

तत्कालीन सिइओ देवेन्द्रप्रताव शाह अवकास भएदेखि ६ महिनासम्म सिइओ पद रिक्त रहेको थियो । यसबीचमा अधिकारी नै डेपुटी सिइओका रुपमा कार्यरत थिए । 

सिइओका रुपमा उनको कार्यकाल अब ४ वर्षसम्म रहने छ । अधिकारीको बैंकिङ करिअर पनि सोही बैंकबाट सुरु भएको थियो ।

सिइओ बन्ने दौडमा धेरै माथापच्ची भएको थियो । जसमा १४ जनाले आवेदन दिएका थिए । तिनमा पनि ४ जना अन्तिम छनौटमा परेका थिए । ४ जनामध्ये ३ जनाले अन्तिम प्रिजेन्टेसनमा भाग लिएका थिए ।

यसरी प्रस्तुति दिनेमध्येमा पनि अधिकारीले उत्कृष्ट अंक ल्याउन सफल भए । जुन अंकले उनलाई मासिक ३ लाख रुपियाँ तलब खाने सिइओ अर्थात् प्रमुख कार्यकारी अधिकृत बनायो ।

बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले यसबारे जानकारी दिएका हुन् । 

०००



प्रकाशित: २०७६ आश्विन १२
September 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार