पूर्वाधार सम्मेलनः समापन मन्तव्यमा उद्योगमन्त्री यादवले भने, ‘निजी क्षेत्रबिना समृद्धि सम्भव छैन’
निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त सके मात्र समृद्धिको सपना साकार हुने बताएका छन् ।
नेपाल उद्योग परिसंघको नेतृत्वमा राजधानीमा चलेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिएका थिए ।
निजी लगानीविना समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त नहुने उनको भनाइ छ ।
सरकारले लगानी सुरक्षाको प्रत्याभूति गर्ने बताउँदै उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
‘नीति नियम सुधार गर्न सरकार तयार छ, ढुक्क भएर लगानी गर्नुभए हुन्छ,’ उनले भने । नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रंसग उल्लेख गर्दै विकासको आकांक्षा पूरा गर्न सहकार्यमा जोड दिएका थिए ।
आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्याउन नसकिएको उनको भनाइ थियो । विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा उनको जोड छ । ‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस् लगानी गर्नुस्,’ उनको जोड छ । नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले दिगो पूर्वाधार विकास अहिलको आवश्कता रहेकोमा दोेहोराए । उनले सम्मेलनमा प्राप्त भएका प्रतिवद्धता कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे । सम्मेलनको नलेज पार्टनरको रुपमा रहेको केपीएमजीका उपप्रमुख कार्यकारी अधिकृत अखिल बंसलले छोटो समयमा नेपालले लिएको स्तरोन्नतिको लक्ष्य प्राप्त गर्न सहज नभए पनि त्यसतर्फको यात्रा प्रारम्भ हुनु सराहनीय कार्य भएको बताए । सम्मेलनमा पूर्वाधारका आइडियाहरुलाई एकै ठाँउमा जुटाउनुको साथै उत्कृष्ट आइडियाहरुलाई सम्मान गरेकोमा उनले खुसी व्यक्त गरेका थिए । थाइल्याण्डका पूर्वपरराष्ट्र मन्त्री सुविन पिङक्यानले ऊर्जा निर्यात गर्ने गरी उत्पादन गर्न नेपाललाई सुझाव दिएका छन् । ०००
पढौं यो पनि पूर्वाधार सम्मेलनः कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल
प्रकाशित: २०७६ भाद्र २६

September 12th 2019
प्रतिक्रिया दिनुहोस्