पूर्वाधार सम्मेलनः कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल
निर्माण सञ्चार, भदौ २६, काठमाडौं । कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन् ।
बुधबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल पूर्वाधार सम्मेलन –२०१९ को बिहीबारको पहिलो ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका हुन् ।
युवा उद्यमीहरुले विभिन्न ५ ओटा नवीनतम विधामा आफ्ना नमुना उद्यमशील अवधारणा (आइडिया हन्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताए ।
कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उहाँको सुझाव छ । प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ । यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पु¥याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताउनुभयो । नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक ७ अर्ब स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उहाँको भनाइ छ । बायो इञ्जिनियरिङको रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उहाँले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्तिहरु पनि लगानीका लागि आउन सक्ने बताउनुभयो । यसका लागि पीपीपी अवधारणामा लगानी गर्न सकिने उहाँको तर्क छ । युनाइटेड वल्र्ड स्कुल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गर्नुभयो । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्यांक संयोजनमा सहयोग पुग्ने उहाँले भनाइ थियो । यसैगरी स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको वचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गर्नु भएको छ । प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उहाँले प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । द टीम आवासकी विधी मण्डलले नेपालका प्रमुख सहरहरुमा प्लास्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लास्टीक र ४० प्रतिशत वालुवा र अन्य मिश्रण प्रयोग गरी इटा बनाउन सकिने योजना प्रस्तुत गर्नुभयो । उहाँले अहिले परिक्षणको रुपमा इटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिनुभयो । टीम आगमनकी संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडकहरु निर्माण गर्दा जमिन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गर्नुभयो । उहाँले सिमेन्ट, ढुंगा प्रयोग गर्दा जमिनलाई थप भार पार्ने भएकोले केमिकल प्रयोग उपयुक्त हुने बताउनु भयो । विदेशबाट आयात गर्दा महंगो हुने भएकोले नेपालमै उत्पादन गर्नका लागि अध्ययन भइरहेको भन्दै उहाँले यो क्षेत्रमा पनि लगानी गर्न सकिने सम्भावना देखाउनु भयो । स्मार्ट घर समुहकी श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताउनु भयो । उहाँले स्मार्ट घरले मोवाइल एपको विकास गरेकोले न्युनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सक्ने बताउनुभयो । यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ति, पानीको ट्यांकी पनि बन्द गर्न विर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उहाँको भनाइ छ । इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादन सम्बन्धी विषय प्रस्तुत गर्नुभयो । वायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पीक उर्जा उत्पादन गर्न सकिने बताउनुभयो । सेसनमा उपस्थीत युवा उद्यमीहरुले ट्राफिक व्यवस्थापन, कंक्रिट सडक निर्माणलगायतका क्षेत्रमा पीपीपी अवधारणअनुसार लगानीको सम्भावना भएको जानकारी दिनुभयो । सेसनमा विभिन्न विधामा पीपीपीलगायतका अवधारणामा आधारित १० वटा प्रस्तुति भएका थिए । प्रस्तुत भएका अवधारणा (आइडिया हण्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसंघले पुरस्कृत गर्दैछ । प्रथमले १ लाख ५० हजार, द्धितियले १ लाख र तेस्रो हुनेले ५० हजार पाउने भएका छन् । ००० पढौं यो पनि
प्रकाशित: २०७६ भाद्र २६

- Infrstructure Summit २०१९ः नेपालमा लगानी गर्नुसः लाभ र सुरक्षा ग्यारेन्टी सरकारले गर्छ’ अर्थमन्त्री खतिवडा
- पूर्वाधार सम्मेलनमा मन्त्री योगेश भट्टराईले भने, ‘इयूले नेपालको हवाइ सेवालाई कालोसूचीबाट हटाऊ’
- ‘दीगो विकासका लागि बलियो पूर्वाधार’ नारामा तेस्रो पूर्वाधार सम्मेलनः प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019
प्रतिक्रिया दिनुहोस्