दशराथ रंगशालाबाट भ्रमण वर्ष २०२० को भव्य स्वागतः उद्घाटन (लाइभ )
निर्माण सञ्चार, पुस १६, काठमाडौं । २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित ‘भिजिट नेपाल २०२०’ को उद्घाटन भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० को जनबरी पहिलो दिन बुधबार राजधानी काठमाडौंस्थित दशरथ रंगशालामा नयाँ वर्ष सहित नेपाल भ्रमण वर्षको उद्घाटन भएको हो ।
सो भ्रमण वर्षको विशेष समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको हो । साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, विशिष्ट मन्त्रीहरू तथा नेताहरू सहभागी छन्।
कार्यक्रममा जनसहभागिता समेत रहेको छ। कार्यक्रममा विदेशी पाहुनाहरु समेत सहभागी थिए ।
नेपालमा कार्यरत विभिन्न धार्मिक, सांस्कृतिक संस्था, कालाकार तथा पर्यटन उद्योगी व्यवसायीहरु समेत सहभागी भएका छन् ।
‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम ८ः०० बजेसम्म पनि चलिरहेको थियो । उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानहरु भएका थिए ।
https://www.youtube.com/watch?v=LmHprCWm7Yk
पढौं यी पनि
प्रकाशित: २०७६ पौष १६
- ठमेलले स्वागत गर्यो भ्रमण वर्ष २०२०
- ‘अबको यात्रा उज्यालै उज्यालोतिर’ –पर्यटनमन्त्री भट्टराई (भिडियो सहित)
प्रकाशित: २०७६ पौष १६
January 1st 2020
प्रतिक्रिया दिनुहोस्