'तीनकुनेको जग्गा कुन भूमाफियाको पोल्टामा?'
निर्माण सञ्चार, १२ भदौ, ०७६, काठमाडौं । संघीय संसदको राष्ट्रियसभा बैठक मा तीनकुनेमा रहेको सरकारी जग्गाको विषयमा विभिन्न प्रश्न उठेको छ। विहीबारको बैठकमा पार्क निर्माण गर्ने भनिएको तीनकुनेको जग्गा कुन भूमाफियाको पोल्टामा पर्न गएको सांसदले प्रश्न तेर्साएका छन्।
सांसद खिमकुमार विश्वकर्माले शून्य समयमा पार्क निर्माण गर्न छुट्याइएको जग्गा कहाँ हरायो भनी सरकारको गम्भीर ध्यानाकर्षण गराए। ‘केही वर्ष अगाडि त्यहाँ अत्याधुनिक पार्क निर्माणको कुरा सुनिएको थियो। त्यो कार्य किन अगाडि बढ्न सकेनरु त्यो जग्गा कुन भूमाफियाको कित्तामा पर्न गयोरु त्यो जग्गाको वास्वविकता के होरु’ उनले प्रश्न गरे।
सांसद विश्वकर्माले नेपाल भ्रमण वर्ष २०२० संघारमै आइरहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको तीनकुनेको अस्तव्यस्त जग्गामा यथाशिध्र पार्कको निर्माण कार्य सुरु गर्न माग गरे।
प्रकाशित: २०७६ भाद्र १२
प्रकाशित: २०७६ भाद्र १२
August 29th 2019
प्रतिक्रिया दिनुहोस्