‘ब्याक–आफ–इन्डिया’ भन्दै ओर्लिए सडकमा विद्यार्थीः २३ जिल्लामा ६० हजार ६ सय २७ हेक्टर नेपाली जमिन मिच्यो भारतले !
निर्माण सञ्चार, २१ कात्तिक, ०७६, काठमाडौं । कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ।
डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्।
प्रकाशित: २०७६ कार्तिक २१
- सुस्ता र कालापानी विवाद राजाको पालाबाटै
सुस्ता र कालापानी विवाद राजाको पालाबाटै
नापी विभागका पूर्वमहानिर्देशक ओलीले तत्कालीन राजा वीरेन्द्रको निर्देशनमा सुस्ता र कालापानीको सीमांकन रोकिएको बताए। ‘सुस्तामा हाम्रो र भारतीय पक्षको कचकच भयो,’ उनले भने, ‘अनि राजाले नै जहाँ पिलर छ, त्यहाँ मात्रै कन्सन्ट्रेसन हुनू भन्ने निर्देशन दिनुभयो। हामीले सुस्ता र कालापानीमा काम रोक्यौं।’ सन् १९८१ मा नेपाल–भारत सयुक्त सीमा कमिटी बन्यो। कमिटीले देशभरकै सीमा व्यवस्थित गर्न थाल्यो। जब सुस्तामा पुग्यो विवाद आयो। त्यसपछि तत्कालीन राजाको हस्तक्षेपमा विवादित क्षेत्रको कामै भएन। सन् २०१४ मा आएर बाउन्ड्री वर्किङ ग्रुप (बीडब्ल्यूजी) गठन गरेर सीमांकन भइरहेको छ। ओलीका अनुसार त्यसपछि दसगजा कायम गर्न र भत्के–बिग्रेका पिलर बनाउन टोली केन्द्रित भयो। कालापानी र सुस्ताका विषयमा दुवै देशका सचिवस्तरबाट समाधान गर्ने सहमति भएको पनि कार्यान्वयन नभएको उनले बताए। ... आजको अन्नपूर्ण पोस्टबाट ... ००० पढौं यी पनि-
परराष्टले भन्यो- कालापानी नेपालको हो
-
'कालापानीबाट भारतीय सेना हट्नुपर्छ'
-
भारतकाे नक्शाविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन
-
भारतले ‘लिपुलेकसहित कालापानी हड्पेको’ नक्सा सार्वजनिक भएपछि राज्य व्यवस्था तथा सुशासन समितिको चासो
-
भारतको नयाँ नक्सामा लिपुलेकसहितको विवादास्पद कालापानी क्षेत्र
प्रकाशित: २०७६ कार्तिक २१
November 7th 2019
प्रतिक्रिया दिनुहोस्