कसरी हुनसक्छ सेतोपत्रे सडक टिकाउ ? – अध्यक्ष थापासँगको अन्तरवार्ता
निर्माण सञ्चार, १४ फागुन, काठमाडौं । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको छ ।
हालै सिमेन्ट उद्योगी व्यवसायीले माग भन्दा बढि सिमेन्ट उत्पादन भइरहेको अवस्थामा सिमेन्टको खपत बढाउन र निर्यात बाटो सहज बनाइदिन भन्र्दै सरकारसंग राजधानीमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
यतीबेला नेपाली बजारको माग भन्दा डेढ गुना बढि सिमेन्ट उत्पादन भइरहेको सिमेन्ट व्यवसायी बताउछन् ।
विकासको पहिलो आधार नै सडक भएकाले यसलाई दिगो र बलियो बनाई दीर्घकालीन समस्या समाधान गर्न अब कालोपत्रै नभई सेतोपत्रे गर्न इन्जिनियर तथा नेपाली सिमेन्ट उत्पादक उद्यमीहरु सरकारसँग आग्रह गरिरहेका छन् ।
सेतोपत्रे सडक कालोपत्रेको तुलनामा वढि खर्चालु भएपनि गुणस्तरिय तथा टिकाउ हुने भएकाले देशभरका केन्द्रिय तथा स्थानीय सडक कंक्रिट सिमेन्ट अर्थात सेतोपत्रे सडक बनाउनु आजको आवश्यकता रहेको व्यवसायीका माग छ ।
पछिल्लो समय नेपालमा सिमेन्टको बजार कस्तो छ ? विदेशी लगानीका सिमेन्टले प्रतिस्पर्धा कसरी बढाइरहेको छ ? नेपाले कहिले सिमेन्ट विदेश निर्यात गर्न सक्छ आदि विषयमा निर्माण मिडियासँगको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले गरेको कुराकानीको सारांश यहाँ प्रस्तुत गरिएको छ ।
सर्मग रुपमा हेर्दा नीजि क्षेत्र करिब ९७ प्रतिशत सिमेन्ट उत्पादन गरीरहेको छ भने सरकारी तहबाट करिब ३ प्रतिशत सिमेन्ट उत्पादन भइरहेको छ ।
आर्थिक वर्ष २०७७/८८ सम्ममा डिमान्ड १० प्रतिशतले भयो भने हाम्रो क्षमता दोब्बर हुन्छ ।
तर सरकारले बत्तिको सुविधा उपलब्ध गरायो तर बाटोको कुरामा अझौ मुत्ति पाएको छैन । बाटोमा सन्तोषपूर्ण भएका छैनउ ।
बैकले लगानी गरेरै यो ठाउँमा आइपुगेका छौं ।
९९.९ प्रतिशत क्वालिटीमा डिटेक्ट गर्न चाहदैन् । क्वालिटी स्टाबलीस्ट गरेर मात्र उद्योगलाई संचालन गर्ने चाहान्छौं । नेपाल सरकारको सिङ्गो निकाय गुणस्तर तथा नाप तौल विभाग जसले गुणस्तरको मापन गरिरहेको हुन्छ ।
त्यसैले सिमेन्टलाई अनिवार्य गुणस्तरको चिन्ह् प्रयोग गर्ने पर्ने भएकाले गुणस्तरको चिन्ह् प्राप्त नगरी प्रमिसन नलिएर बजारमा बेच्न पाइदैन । यस्तो कडाइ नियम छ । समय समयमा बजारबाट सेम्पल कलेक्सन भइरहेको हुन्छन् । आफ्नै ल्याबमा समेत टेस्ट गर्छाे । क्वालिटीमा हामी ढुक्क छौं ।
https://www.youtube.com/watch?v=SXtvinWvAzw
०००
प्रकाशित: २०७६ फाल्गुण १४
सिमेन्ट उत्पादनमा आजको अवस्थामा नेपाल आत्मनिर्भर भएको हो ?
पूर्णरुपमा आत्मनिर्भर भएका छौं । आजको अवस्थामा हाम्रो माग भन्दा डेढ गुना सिमेन्ट उत्पादन भइरहेको अवस्था छ ।अहिले नेपालमा वार्षिक सिमेन्टको माग कति हो ?
गत वर्षको वार्षिक १० मिलियन टन थियो । यो वर्षको ६ महिनाको अवधिलाई हेर्दा गत वर्षका तुलनामा घटने देखिन्छ । यो वर्षमा १ करोड १० लाख टन पुग्छ भन्ने आकलन हो । यो नपुग्लाकी भन्ने डर छ । अहिलेको हाम्रो उत्पादन क्षमता १ करोड ५० लाख टन क्षमता हो ।सर्मग रुपमा हेर्दा नीजि क्षेत्र करिब ९७ प्रतिशत सिमेन्ट उत्पादन गरीरहेको छ भने सरकारी तहबाट करिब ३ प्रतिशत सिमेन्ट उत्पादन भइरहेको छ ।
सिमेन्टको बजार भुकम्प पछाडि यो उचाइमा आएर डिमान्ड बढेकोे हो ?
भुकम्प पछाडि पूनर्निर्माणको कारणले १२/१४ प्रतिशत बढेको हो । अझौ पनि पूनर्निर्माणको काम सकिएको छैन । हाम्रो आकलन यो वर्ष पनि १० प्रतिशत बढछ भन्ने थियो । यो समयसम्म अन्य पूर्वाधारले पनि गति लिन्छ भन्ने थियो र सिमेन्ट उद्योग तीव्रता भयो तर डिमान्ड घढ्ने पो होकी भन्ने हिसावले हामीलाई मार पर्ने अवस्था छ ।आर्थिक वर्ष २०७७/८८ सम्ममा डिमान्ड १० प्रतिशतले भयो भने हाम्रो क्षमता दोब्बर हुन्छ ।
नेपालमा सिमेन्टमा यति धेरै आर्कषण किन ?
भुकम्प पछाडि नेपालमा तहसनहस भएका संरचना निर्माण मध्यनजर गर्दै विभिन्न सम्मेलन भए पछाडि उत्साहजनक सहभागिता भएको हो । नेपालमा स्थिर राजनीतिक अवस्थाको सुरुवाद भएकाले उद्योगमत्री वातावरयाको सृजना भयो भन्ने उद्देश्यले नेपालमा उत्साहजनक इन्फस्ट्रक्चर डेभलपमेन्ट हुन्छ भन्ने भएर सबैको सिमेन्ट उद्योग रोजाई भयो ।डिमान्ड र पूर्तिको मध्यरेखा अनुरुप क्वालिटी र भ्यालु कस्तो छ ?
क्वालिटी दुई मत छैन हाम्रो साम्रगी क्पालीटीको छ । यतीबेला बजारको प्रतिस्प्रर्धाले नाफा नखाएर बेच्नु पर्ने अवस्था छ । स्टक राख्न नमिल्ने भएकाले घाटा खाएर बेच्नु परेको अवस्था छ । नेपालमा हप्ता दिन बढि स्टक राख्न सकिदैन ।कच्चा पदार्थमा हामी आत्मानिर्भर छौं ?
कच्चा प्रर्दाथमा हामी आत्मानिर्भर छौं । क्लिङकर केही मात्रामा बाहीरबाट आउछ तर अबको दुई वर्षमा क्लिङकर सिमेन्ट दुईटैको क्षमता डबल हुन्छ । कच्चा प्रर्दाथको हकमा पनि अबका वर्षमा हामीलाई चाहिने ९ मिलयन हुन्छ तर हामीसंग १८ मिलियन हुन्छ । अहिलेको १० वर्ष अगाडि हामीले एउटा उद्देश्य राखेका थियौ । १० वर्ष पछि सिमेन्टमा आत्मानिर्भर हुने त्यो ठाँउमा पुगेर निर्यात गर्ने क्षमतामा पुगिसकेका छौं । वास्तबमा राज्यले हामीलाई तक्मा दिनुपर्ने हो । छोटो समयमा जिरो बाट आत्मनिर्भर बनाएर १ सय ५० अर्वको आजको बजारलाई प्रतिस्थापन गर्न सक्नु यो हाम्रो उपलब्धी हो । यसले इकोनोमी बढाउँछ यो एउटा सर्कलको रुपमा चलिरहेको हुन्छ । ढुङ्गा ल्याउने गाडि छ, जस्तै एउटा कम्पनी संग ४/५ सय गाडि हुनछन् । जसकारण त्यसबाट चालक सहचालनले रोजगार पाउछन् बजार मा विभिन्न तरीकाले इकोनोमी स्वचालित क्रियाशिल भइरहेको छ ।नेपालमा आजको दिनमा विदेशी लगानी संख्या कस्तो छ ?
नेपालमा विदेशी लगानीको कम्पनी एउटा मात्रै देखिएको छ हंसि अब एउटा आउर्दै छ अरुमा त थेरै लगानी होला पूर्णरुपमा छैन् । सिमेन्ट उद्योगीले ओगटेको प्राइस भ्यालु कति छ ? एक सय ५० अर्व हो । राज्यलाई करिब २५/३० प्रतिशत कर तिर्छाे । सरकरको सकारात्म पक्ष के छ भने, सिमेन्ट उद्योगलाई बाटो र बत्ति पुर्याइदिन्छु सुविधा दिने धोषणा गर्याे त्यसले एउटा उचाइ बनायो ।तर सरकारले बत्तिको सुविधा उपलब्ध गरायो तर बाटोको कुरामा अझौ मुत्ति पाएको छैन । बाटोमा सन्तोषपूर्ण भएका छैनउ ।
सरकारलाई आजको दिनमा उद्यमीले पावरको सवालमा एसिवर गर भन्ने कुरा बाकीँ छ ?
एक सेकेन्ड पनि बत्ति उद्योगको लागि ठुलो कुरा हो । एक पटक बत्ति जादा २/३ सय मोटर चलाउनु पर्छ । नीति बिधान अनुसार बतै विल तिर्नु पर्ने देखिदैन तर सरकारले पैशा तिर भनिरहेको छ । पैशा लिनु पर्ने भए ३ वर्ष किन लिएन । सरकारले ९० प्रतिशतले पैशा तिर्नु पर्ने देखिदैन । नेपालमा ६१ सिमेन्ट उद्योग छन् । राज्यले क्लियर हुन सकेको छैन् ।बैकले लगानी गरेरै यो ठाउँमा आइपुगेका छौं ।
पछिल्लो समयमा सिमेन्ट उद्योगमा फेसनको रुपमा घरानिया ह्वातै आए भन्ने छ, के क्वालीटीमा सचेत हुनुहुन्छ ?
क्वालीटीको कुरामा अवौं रुपियाँ लगानी गरेर ५/६ महिनाको व्यापार गर्ने होइन् । अवौं रुपियाँ गरेर उद्योग संचालन गरी स्टाबलीस्ट गरेको उद्योग त्यसमाथी बजारमा ब्रान्ड स्टाबलीस्ट गरेमात्र विक्रि हुने सामान हो ।९९.९ प्रतिशत क्वालिटीमा डिटेक्ट गर्न चाहदैन् । क्वालिटी स्टाबलीस्ट गरेर मात्र उद्योगलाई संचालन गर्ने चाहान्छौं । नेपाल सरकारको सिङ्गो निकाय गुणस्तर तथा नाप तौल विभाग जसले गुणस्तरको मापन गरिरहेको हुन्छ ।
त्यसैले सिमेन्टलाई अनिवार्य गुणस्तरको चिन्ह् प्रयोग गर्ने पर्ने भएकाले गुणस्तरको चिन्ह् प्राप्त नगरी प्रमिसन नलिएर बजारमा बेच्न पाइदैन । यस्तो कडाइ नियम छ । समय समयमा बजारबाट सेम्पल कलेक्सन भइरहेको हुन्छन् । आफ्नै ल्याबमा समेत टेस्ट गर्छाे । क्वालिटीमा हामी ढुक्क छौं ।
नेपालको सिमेन्ट उद्योगले अतिरिक्त बजार खोजी गरेको हो त ?
हो नेपाली सिमेन्ट उद्योगले अतिरिक्त बजार खोजी गरिरहेको छ अबको १ डेढ वर्षमा माग भन्दा क्षमता बढि भएपछि विकल्प खोज्नु पर्याे । त्यसको लागि २ वटा विकल्प छ । एक त खपत बढाउनु पर्याे अर्काे निर्यात गर्नुपर्याे । खपत र निर्यात दुइटैको लागि सरकारसंग पहल गरीरहेका छौं । हामीले कस्ट कसरी कम गर्ने भन्ने बारेमा लागिरहेका छौं । सरकारको तर्फबाट कर समायोजन गरिदिनु पर्याे । तत्काल एक्सपोट सबसिटिमा दिनुपर्याे । यसो भयो भने भारतमा सिमेन्ट निर्यात गर्ने सकिन्छ । अर्काे कुरा कालोपत्रे सडकलाई दिगो बनाउन सिमेन्ट कंक्रिट सडक बनाउनु पर्छ । यो विकसित देशमा भइरहेको कुरा हुन् ।हामीले बहश गर्दा सरकारी निकाय कनभेन्स भएको पाउँछौं ?
सरकारी निकाय कनभेन्स भएको पाएका छौं । अब हामी सात वटै प्रदेशमा मख्य मन्त्रीलाई राखेर बहश संचालन गर्नेछौं । यो आर्थिक वर्षमा केन्द्रिय लगाएत स्थानिय सडक पनि सिमेन्ट कंक्रिट बनाउदा धेरै फाइदा छ । स्थानिय सडक सानो ८/१० मिटर एक पटकमा बनाउदा बाकिँ अर्काे पटक गर्ने मिल्छ तर कालोपत्रेको हकमा नाली अनिर्वाय हुनुपर्याे तर यसमा धेरै नै फाइदा दिगो र बलियोको लागि सिमेन्ट कंक्रिट सडक महत्वपूर्ण छ । व्यवसाय गर्नेलाई सबैले माया गर्नपर्दछ, उद्योग भन्दा फस्टाए मात्र समृद्ध नेपाल सुखि नेपालीको परिकल्पना साकार हुन्छ ।०००
प्रकाशित: २०७६ फाल्गुण १४
February 26th 2020
प्रतिक्रिया दिनुहोस्