विश्व खाद्य कार्यक्रमको चेतावनीः कोरोना पछि २५ करोड मानिस भोकमरीको शिकार बन्न सक्ने खतरा
निर्माण सञ्चार, १० वैशाख, एजेन्सी ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले कोरोना भाइरस (कोभिड–१९) का कारणले निकट भविष्यमै विश्वभर भोकमरी फैलिने खतरा रहेको जनाएको छ ।
डब्ल्यूएफपी प्रमुख डेभिड बियसलीले यसबारे बोल्दै निकट भविष्यमा हुन सक्ने भोकमरीको संकट रोक्न अहिले नै तत्काले केही उपायहरु अवलम्बन गर्न पर्ने बताएका हुन् ।
कोरोना पछि: भोकमरी
केही दिन अघि मात्रै एक अध्ययन प्रतिवेदनले विश्वभर भोकमरीको सामना गर्नेको संख्या ह्वात्तै वृद्धि हुने देखाएको थियो । हाल भइरहेको १३ करोड ५० लाख जनसंख्याबाट बढेर २५ करोड जनसंख्या भोकमरीको सामना गर्न पर्ने जोखिममा रहेको देखाइसकेको छ ।
डब्ल्यूएफपीले पनि आसन्न संकटबाट बच्न केही उपय सहितका कदमरु चाल्नु पर्ने सुझाएको छ । उसका अनुसार युद्धको मारमा परेका, आर्थिक संकटमा परेका र जलवायु परिवर्तनको समस्या सामना गरिरहेका विश्वका १० मुलुक अझै बढी भोकमरीको जोखिममा पर्न सक्ने छन् ।
जस अनुसार– यमन, कंगो, अफगानिस्तान, भेनेजुयला, इथियोपिया, दक्षिण सुडान, सिरिया, नाइजेरिया र हाइटी विश्वका सबैभन्दा बढी खाद्यान्न अभाव झल्नु पर्ने मुलुक बन्ने छन्, डब्ल्यूएफपीले बताएको छ ।
गत वर्ष दक्षिण सुडानमा जनासंख्याको ६१ प्रतिशतले खाद्य संकटको सामना गरेका थिए ।
...
बिबिसीबाट ०००
प्रकाशित: २०७७ बैशाख १०
दक्षिण एसियामा पनि खाद्यान्न संकट हुने
त्यस्तै, पूर्वी अफ्रिका र दक्षिण एसियामा पनि खाद्य अभाव हुन सक्ने बताइएको छ । युएनको सुरक्षा परिषद्को बैठकमा बोल्दै बियसलीले समग्र विश्वभर यो संकट आउन नदिन छिटोभन्दा छिटो आवश्यक कदम चाल्नुपर्ने छ, उनले जोड दिएका छन् । उनका अनुसार यो संकट केही महिनासम्म रहने छ । उनले यो पनि भनेका छन् कि, आसन्न खाद्य संकटबाट बच्नका लागि आफूहरुसँग कुनै समय नरहेको समेत उल्लेख गरेका छन् ।
...बिबिसीबाट ०००
प्रकाशित: २०७७ बैशाख १०
April 22nd 2020
प्रतिक्रिया दिनुहोस्