नेपाली समय: ०३:०५:२६ बिहान
वि.सं २०८३ आषाढ १६   मंगलवार

नेपालमा नयाँ स्वरुपको कोरोना भित्रिएको आशंका, थप परीक्षणका लागि नमुना हङकङ पठाइँदै

निर्माण सञ्चार, २२ पुष,काठमाडौँ । बेलायतबाबाट नेपाल  फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो । ८ जना मध्ये ३ जनाका नयाँ स्वरुपको भाइरस संक्रमणको संकेत देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बताए ।


 सरकारले ३ जनाको नमुना थप परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ । हाल महामारीको रुपमा फैलिएको कोरोनाभाइरस भन्दा नयाँ स्वरूपको भाइरस तीव्र रुपमा सर्ने अध्ययनहरुले देखाएको छ । 
बेलायतबाट पुस १ गते यता  नेपाल फर्किएका २७७ जना मध्य ८ जनामा कोरोनामा संक्रमण भएको पुष्टि भएको छ । 

०००
स्रोतः रातोपाटी
 



प्रकाशित: २०७७ पौष २२
January 6th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार