नेपाली समय: ०१:५८:१३ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

युवा परिषद् र युवा उद्यमशिलताः युवा उद्यमीले पाउने भए यसरी ८० लाख सहुलियत ऋण

निर्माण सञ्चार, १ असोज, काठमाडौं । राष्ट्रिय युवा परिषद्ले सञ्चालन गर्दै आएको युवा उद्यमशील कार्यक्रमको अब ‘अन द स्पट’ ‘एक्सन’ सुरु भएको छ । परिषद्ले ललितपुरस्थित गोदाबरीबाट ऋण प्रदाता बैंक सहित भई ‘मैदानी अनुगमन’ सुरु गरेसँगै यो अभियान सुरु भएको हो । 

केही महिना अघि परिषद्बाट प्रेरित भई अर्घाखाँचीका आठ युवा उद्यमीले सुरु गरेको गोदाबरी कृषि फर्मको परिषद् उपाध्यक्ष माधव ढुंगेल एवम् ऋण प्रदाता एनएमबी बैंकका अध्यक्ष पवन गोयालले संयुक्त अनुगमन गरेका हुन् ।

अनुगमन पछि बैंकले ऋण प्रदान गर्ने समेत कदम अघि बढेको परिषद् उपाध्यक्ष ढुंगेलले जानकारी दिए ।

स्थापनाको छोटो अवधिमै परिषद्ले विभिन्न कार्यक्रम मार्फत् देशैभर युवाहरुलाई उद्यमशील कार्यक्रममा संलग्न गराएको छ । सुरुका वर्षमा कार्यालय तथा भौतिक संरचना र नीति निर्माणमा जुटेको परिषद्ले क्रमशः पछिल्ला वर्षहरुबाट भने युवा उद्यमशील वर्ष तथा ‘युवा परिचालन वर्ष २०७६’ जस्ता अभियान सञ्चालन गरेको छ ।

परिषद ‘अब फिल्डमै’ भन्ने अभियान अन्तर्गत परिषद्ले उद्यमी युवाहरुको कर्मको परख गरेको हो । यो अभियानबाट उद्यममा संलग्न युवाहरुको समस्या तथा उनीहरुले गरिरहेको कामको उचाइ बुझ्ने र सोही अनुसार थप कार्यक्रम अघि बढाउन प्रेरणा मिलेको उपाध्यक्ष ढुंगेल बताउँछन् ।

ललितपुरको गोदावरीमा अर्घाखाँचीका ८ युवाले कृषी उद्यम सञ्चालन गरेका छन् । उक्त फर्म अनुगमन पछि राज्यद्वारा घोषणा गरिएको सहुलियतपूर्ण कर्जा अबको एक साताभित्र ८ जनाका लागि जनही १० लाख रुपियाँका दरले ८० लाख ऋण उपलब्ध गराउने प्रतिबद्धता एनएमबी बैंकले गरेको उपाध्क्ष ढुंगेलको भनाइ छ ।

उक्त उद्यममा उद्यमी रेशम आचार्य सहित आठ जना युवाहरु संयुक्त कृषि कर्ममा जुटेका छन् । 

अनुगमनमा परिषद् सहित युवा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेत, रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी सहित परिषद्का अधिकारी र सञ्चाकर्मीहरु सरिक भएका थिए ।

उद्यमी युवाहरुको उद्यमशिलता अनुगमन पछि परिषद् उपाध्यक्ष ढुंगेल सहित एनएमबी बैंकका अध्यक्ष र सहिभागीहरु ललितपुरस्थित कृषि फर्ममा 
 

OOO



प्रकाशित: २०७६ आश्विन १
September 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार