नेपाली समय: ०१:५७:१३ बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

रोजगारमैत्री वातावरण बनाउन सहकार्य गर्ने प्रतिवद्धता

निर्माण सञ्चार, पौष ४, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 

आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसँगको भेटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सृजना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनु पर्ने समय आएको बताका हुन । 

स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको सन्दर्भमा रोजगारी सृजना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि  प्रतिवद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे ।
 
सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई पेश गरे ।
 
अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि भएमात्र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताए । 

सोही अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले उद्योगी र श्रमिक बीच सौहार्दपूर्ण वातावतरण भए आर्थिक क्षेत्रको उत्पादकत्व पनि बढ्ने र यसले मन्त्रालयको उद्देश्य पनि पुरा हुने बताउनु भयो । 

यसैगरि मन्त्री यादवले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
 
सो अवसरमा मन्त्रालयका सचिव विनोद केसी, परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन सारदा सहित राष्ट्रिय परिषद् सदस्य नरेश दासको समेतको उपस्थिति थियो ।

 

 

०००
 



प्रकाशित: २०७६ पौष ४
December 20th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार