नेपाली समय: ०२:०५:२० बिहान
वि.सं २०७७ आश्विन १२   सोमवार

राष्ट्रिय युवा परिषद् र नगरपालिका संघ/गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच त्रिपक्षीय समझदारी

निर्माण सञ्चार, १० माघ, काठमाडौं । राष्ट्रिय युवा परिषद् नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच संघीय तथा स्थानिय तहमा युवा विकास सम्बन्धी ५ वर्षका लागि त्रिपक्षिय समझदारी भएको छ । 

शुक्रबार राजधानीमा संचार साक्षात्कार कार्यक्रम गर्दै नेपाल सरकारले लक्षित गरेका कार्यक्रमको स्थानिय तहसम्म प्रभावकारी ढंगले युवालाई सक्षम बनाई स्थानिय तहको माग अनुरुप मुलुक निर्माणका लागि परिचालन गर्ने उद्देश्यका साथ सो त्रिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालमा हाल युवाको जनसंख्या करिब ४० प्रतिशत रहेकाले देशको विकासको लागि यो युवा शक्तिलाई सक्षम बनाई परिचालन गर्न सकिए मुलुक समृद्ध हुने युवा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले बताए ।
 
नगरपालिका संघ तथा धुलिखेल नगरपालिका मेयर अशोब बेन्जुुका अनुसार विकास निर्माण कस्को माध्यमबाट गर्ने भन्ने आजको चुनौतिको कुरा हो । 

‘विकसित मुलुक जापान, कोरीया, यूरोप त्यसै विकसित भएका होइनन् । उनले भने, ‘करिब ४० वर्ष अगाडी ती मुलुकको विकासको गतिलाई हेर्दा अहिलेको नेपालको जस्तो अवस्थामा थिए, त्यसैले नेपालमा निराशा मात्र छैनन् । आशा र स्रोत साधनले प्रचुर सम्भावना छन् जसका लागि युवालाई सक्षम बनाई विकास निर्माण अग्रसर गरे नेपालले अबको केही वर्षमा कोल्टो फेरिने छ ।’

मुलुक संघीयतामा गइसकेपछि स्थानिय तहको विकासको लागि स्थानिय युवालाई परिचालन गर्न सकिएन भने एकातिर युवा बेरोजगार भई विदेश धाउनुपर्ने समस्याले मुक्ति नपाउने देखिन्छ भने अर्काे देशको विकास नहुने श्रेष्ठले बताए । 

मुुलुकको निर्माणको लागि युवा सक्रिय हुनुपर्ने गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । 

‘समृद्ध नेपाल सुखि नेपालीको परिकल्पनालाई साकार पार्नको लागि युवा जमात सक्रिय हुनुपर्दछ, उनले भने, ‘मुुलुकको निर्माणको लागि युवालाई सक्षम बनाई परिचालन विना देशको विकासले गति लिन सक्दैन ।’

उनले भने, अहिले हामी आलोचनाको परिस्थितीमा गुज्रिरहेको छौं । हामी सधै जज गर्ने काम मात्र गर्दछौं, काम गर्ने भन्दा बढि आलोचनाले गरेर मात्र हुदैन् । 

अब युवालाई सक्षम बनाई देशलाई कसरी समृद्ध बनाउने र हामी कसरी जिम्मेवार बन्ने कुरामा केन्द्रित हुनुपर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । 

बोल्ने भन्दा पनि काम गर्ने बेला भएको राष्ट्रिय युवा परिषद् नेपालका उपाध्यक्ष माधब ढुंगेल बताए ।

‘सडक बाटो भएर मात्र मुलुक विकसित हुने होइन, उनले भने, ‘देशको विकास हुनको लागि मुलुक आत्मर्निभर हुनु पर्दछ । हाम्रो मुलुको विकास गर्न विदेशी आएर विकास गरिदिने होइन त्यसैले हामीले हाम्रो युवा जनशक्ति सक्षम बनाइ परिचान गर्न सकिए मात्र मुलुक समृद्ध हुन्छ ।’

उनले भने, अहिले हामीले हाम्रो युवा जनशक्तिलाई सक्षम बनाउन देशभरका स्थानिय तहमा युवा विकास सम्बन्धी कार्यक्रम गर्ने उद्देश्यले स्थानिय तहसंग समझैता गरेका छौं ।’

सरकारले लक्षित गरेका कार्यक्रमको स्थानिय तहसम्म प्रभावकारी ढंगले युवालाई सक्षम बनाई स्थानिय तहको माग अनुरुप मुलुक निर्माणका लागि परिचालन गर्ने उद्देश्यले स्थानिय तहको वडास्तर युवा क्लब, परिषद् गठन गरी युवालाई प्रशिक्षित गर्ने ढुंगेल बताए ।

 

 

०००
 



प्रकाशित: २०७६ माघ १०
January 24th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार