सियो र धागोमा अल्झेको जीवन
निर्माण सञ्चार, काठमाडौं | सबैको आ–आफ्ना बेथा भनेझैँ बलराम दमै करिब २० वर्ष अघिदेखि काठमाडौंको सुन्धारास्थित च्यात्तिएका कपडा र लुगाहरु सिलाउँदै आफ्नो दैनिकी गुजारा गर्दै आइरहेका छन् ।
दिनमा करिब २०० देखि ४०० सम्म कमाइ हुने बताउने उनी भन्छन् ‘कमाइको पैसा पेटको भोक मेट्न मात्र ठीक्क हुन्छ, कहिलेकाहि बिरामी पर्दा त बिजोगै हुन्छ, झन् अहिलेको यो वर्षायामले गर्दा त कमाइ नै गर्न पाएको छैन ।
‘यस्तै कथा बोकेका अर्का माइला दास भन्छन् ‘एक दिन मेशिन बाहिर निकालिएन भने बेलुकाको रात भोकै सुत्नु पर्ने अवस्था छ । यो सिलाइ बुनाई गरेर परिवार पाल्न सार्है गाह्रो छ । त्यसै माथी अहिले सटर भित्रका थुप्रै टेलरहरुले गर्दा आजभोलि खासै मान्छेहरु पनि आउँदैनन्।’
यो त मात्र एउटा उदाहरण हो ।
काठमाडौंको प्रायजसो चोकहरुमा अझै भेटिने यस्ता प्रत्येक व्यक्तिसँग आफ्नै किसिमका कथा र दुःखहरु छन् ।
आफ्नो कामको कमाइप्रती सन्तुष्ट नभएका उनीहरु “अझै पनि किन यो काम गर्नुहुन्छ?“ त भन्ने प्रस्नमा आफ्नो पुर्ख्यौली देखिको जिविकाको स्रोत र आफ्नो कला यसैमा भएकोले सो पेशालाई निरन्तरता दिँदै आएको बताउने उनिहरु को चिन्ता भने एकै रहेको पाइयो, परिवारको गाँस, बाँस र कपास।
नेपालको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म पनि २१.६ प्रतिशत मानिसहरु गरिबिको रेखामुनी रहेको तथ्याङ्कले देखाउँछ ।
जसमध्ये धेरैजसो ग्रामिण क्षेत्र बाट राजधानिमा केही गर्ने सपना लिएर भित्रिएका देखिन्छन्।
उचित अवसरको अभावका कारण उनिहरु अझै पनि गरिबि झेल्न बाध्य छन् ।
०७२ को महाभुकम्प पश्चात् नेपालमा अझै गरिबिको संख्या बढेको आकलन गर्न सकिन्छ ।
गरिबी निवारणका निमित्त नेपाल सरकारले अझ बढी गम्भिरतापुर्वक लिनुपर्ने देखिन्छ ।
सृजना मगर
...
बुधबार ०९ साउन, २०७५
प्रकाशित: २०७५ साउन ८
प्रकाशित: २०७५ साउन ८
July 24th 2018
प्रतिक्रिया दिनुहोस्