नेपाली समय: ०३:४३:१३ अपरान्ह
वि.सं २०८३ साउन ५   मंगलवार

वैदेशिक रोजगारी गुमाएकालाई प्राथमिकताः ‘स्टार्टअप’ युवा उद्यमीलाई सुरुवाती पुँजी दिइने

निर्माण सञ्चार, २ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएकाहरुलाई स्वरोजगार बनाउने उच्च प्राथमिकता दिएको छ ।

आगामी वर्षका लागि नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका हरेक युवालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी हुन्।

शुक्रबार संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यसरी स्वदेश फर्किएकालाई स्वदेशमै अवसरका लागि सरकारले वातारण सिर्जना गर्ने बताएकी हुन्।

विश्वमहामारी बनेको कोरोना भाइरसका कारण वैदेशिक रोजगारीबाट करिब १२ देखि १५ लाख युवा नेपाल फर्कन सक्ने अनुमान गरिएको छ भने स्वदेशमै रोजगारीमा रहेकाहरु पनि करिब ११ लाख बेरोजगार हुन पुगेका छन्  

यसरी रोजगार गुमाएकाहरूका लागि पनि रोजगार कार्यक्रम सञ्चालन गरिने राष्ट्रपति भण्डारीको भनाइ छ ।

...

यस्तो अवस्थाका युवालाई उद्यमशीलता सञ्चालन गर्ने हो भने शैक्षिक प्रमाणपत्र धितो राखेरै सुरुवाती पुँजी दिने नीति कार्यक्रम तय गरेको देखिन्छ ।

वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भनिएको हो ।


नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई सुरुवाती पुँजी उपलब्ध गराइने भनेको छ । 

नीति तथा कार्यक्रमले ‘नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराउने’ उल्लेख गरेको छ ।

०००

पढौं यी पनि

नीति तथा कार्यक्रमः शैक्षिक प्रमाणपत्रको आधारमा सुरुवाती पुँजी ‘नगदै’ दिइने 

वैदेशिक रोजगारी गुमाएकालाई प्राथमिकताः ‘स्टार्टअप’ युवा उद्यमीलाई सुरुवाती पुँजी दिइने

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (LIVE)

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणा



प्रकाशित: २०७७ जेठ २
May 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार