नेपाली समय: ०३:१९:३० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

कमलपोखरी एकाइको साधारण सभा, पर्शुराम ढुङ्गेलको नेतृत्वमा नयाँ कार्य समिति

निर्माण सञ्चार, काठमाडौँ । ग्रील तथा स्टील व्यवसायी संघ कमलपोखरी एकाइमा पर्शुराम ढुङ्गेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

शनिबार भएको साधारण सभाबाट ढुङ्गेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

सरकार गम्भीर भएन

उक्त सभामा बोल्दै ग्रील तथा स्टील महासंघका केन्द्रीय अध्यक्ष मोहन कुटुवालले सरकारले अनुगमनमा प्रभावकारी भूमिका खेल्न नसक्दा केही स्वार्थी व्यवसायीका कारण उपभोक्ता मारमा परेको उल्लेख गरे ।

ग्रील तथा स्टील महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले भने, ‘केही स्वार्थी व्यवसायीले गर्दा उपभोक्तालाई मार परेको छ ।’

उनले व्यवसायीलाई कानुनी दायरामा आएर मर्यादित रुपमा आफ्नो व्यवसाय गर्न आग्रह गरे ।

उनले थपे, ‘सबै व्यवसायीहरुलाइ कानुनी दायरामा ल्याएर व्यवस्थित, मर्यादित रुपमा आफ्नो व्यावसाय सञ्चालन गर्नुस् ।’

अनावश्यक रुपमा मूल्य वृद्धि हुँदा भूकम्प प्रभावितहरुले सरकारले दिएको अनुदानबाट आवास बनाउन सक्ने अवस्था नरहेको कटुवालले चर्चा गरे ।

पर्शुराम ढुङ्गेलको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्षमा आकाश श्रेष्ठ, सचिवमा कमल शर्मा, कोषाध्यक्ष्यमा दीर्घबहादुर खत्री, सदस्यहरुमा महेश ठाकुर, मैनुदिन शेख र राम प्रवेश शर्मा निर्वाचित भएका छन् ।

...

आइतबार १०, असार ०७५



प्रकाशित: २०७५ आषाढ ९
June 23rd 2018

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार