
बोर्डर छल्दै अम्बे स्टिल्सले हेभी उपकरण भित्र्याउँदा व्यवसायीको विरोध, बाँकेले दियो चेतावनी
निर्माण सञ्चार, काठमाडौँ | पश्चिम नेपालमा पर्ने सीमानाकाबाट बोर्डर छलेर पछिल्ला दिनमा हेभी उपकरणहरु भित्रिने क्रम बढिरहेको छ ।
भन्सार छलेर रातारता हेभी उपकरणहरुको आयात हुँदा पनि सम्बन्धित भन्सार विभाग भने मौन रहेको छ । यसरी बोर्डर छलेर हेभी उपकरण भित्र्याउनेमा अम्बे स्टिल्स पनि परेको छ ।
केही दिन अघि औद्योगिक घरानासँग जोडिएको अम्बे स्टिल्सले आफ्नो व्यावसायिक प्रयोजनका लागि सीमापारिबाट रातारात ट्रकमा राखेर हेभी औजारहरु नेपाल भित्र्याएको पाइएको छ ।
अम्बे स्टिल्सले यसरी औजार भित्र्याएपछि हेभी इक्विप्मेन्ट व्यवसायी संघ बाँकेले विरोध गरेको छ ।
भन्सार छलेर नेपाली बजारलाई तहस नहस पार्ने गरी अवैध रुपले पूर्वाधार निर्माणसँग सम्बन्धित यस्ता औजार नभित्र्याउन भन्दै बाँके संघले चेतावनी दिएको हो ।
बाँके संघका अध्यक्ष गोविन्द सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाली बजारलाई प्रतिकूल असर पार्ने गरी भन्सार छलेर यस्ता औजारहरु नभित्र्याउन भनिएको छ ।
यस अघि भारतीय बिक्रेतासँग मिलेर निर्माण व्यवसायी, इँटा व्यवसायी तथा हेभी औजार भाडामा लगाउँदै आएका केही व्यापारीहरुले समेत भन्सार छलेर पटक पटक एक्साभेटर, ब्याक्हो लोडर जस्ता हेभी उपकरणहरु भित्राएको पाइएको थियो ।
भारतमा सस्तो पाइने र कर छली गरेपछि नेपालमा पैसा कमाइ हुने लोभमा यस्तो अवैध व्यापार हुने गरेको बोर्डर प्रहरीको पनि भनाइ छ ।
भारतमा एक–दुई पटक प्रयोग भइसकेका यस्ता उपकरणहरु नेपालमा ल्याएर भाडामा लगाउँदा फाइदा हुने भएपछि अवैध रुपमा यस्ता औजारहरु नेपालमा भित्रिने क्रम बढेको भन्सार विभागका एक सदस्य बताउँछन् ।
बोर्डरमा कस्टम नतिरी भित्र्याउनेमा हेभी उपकरणहरु भाडामा लगाउँदै आएका व्यापारीहरु नै रहेको भन्सारका कर्मचारीको आरोप छ ।
यस्तो काममा उच्चस्तरका भन्सार अधिकारीदेखि मन्त्रालयसम्मका अधिकारीहरुले नै ‘मिलेमतो’ गरी औजारहरु नेपाल भित्राउने गरिएको पाइएको भन्सार प्रहरीको पनि स्वीकारोक्ति छ ।
भन्सार छल्नेका गए दिन
भारतबाट बिना इजाजत नै खुलेआम हेभी इक्विपमेन्टहरु भित्रँदा ठुलो मात्रामा भन्सार छली भएको भन्सार विभागले स्वीकारेको छ । तर अब भन्सार छल्ने दिन बन्द भएको एक अधिकारीले बताए ।
नाम नबताउने सर्तमा उनले भने, ‘नयाँ सरकार बनेको छ । प्रभावशाली अर्थमन्त्री आउनु भएको छ । देशैभरका भन्सार विभागहरु अब सूची बेगरको भन्सार लिन वा दिन नपाउने उर्दी आइसकेकाले अब भने भन्सार छल्नेका दिन गएका छन् । किनकि भन्सार अधिकारीहरुकै निद हराम भएको छ ।’
गत बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार विभागका निमित्त महानिर्देशक श्रीकृष्ण नेपाललाई भन्सार चुहावट रोक्न निर्देशन दिएपछि यतिबेला देशैभरका भन्सार विभागमा भूकम्प गएको छ ।
भन्सार संकलन पनि ह्वात्तै बढेको छ । भन्सार विभागले देशैभरका मुख्य भन्सारहरूलाई ‘डाटा बेस’ अर्थात् सन्दर्भ मूल्यसूची (रिफरेन्स भ्यालु) भन्दा कम हुने गरी भन्सार मूल्य कायम नगर्न मौखिक आदेश दिए लगत्तै बुधबार लिखित नै आदेश दिएको छ ।
अर्थमन्त्रालय अन्तर्गत रहेको राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने काम कमजोर भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री कार्यालयबाटै सिधै डिटेक्ट गर्ने गरी सारिएको छ ।
बुधबारको मन्त्रिपषिद् वैठकले राष्ट्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने जिम्मेवारीमा रहेको राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र कालोधन छानबिन गर्ने प्रमुख जिम्मेवारीमा रहेको सम्पत्ति शुद्धीकरण विभागलाई सशक्त र प्रभावकारी बनाउन यी तीनै निकायलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय गरेको हो ।
यसरी भन्सार तथा राजश्व अराजकता रोक्न प्रधानमन्त्री कार्यालयमै सो विभाग राख्ने निर्णय भएपछि अर्थमन्त्रालय र सो मातहत रहँदै आएको भन्सार विभागका हाकिमहरु समेत तर्सिएका छन् । यसले विगतमा लुकीछिपी धन्दा गरिरहेको भन्सार कार्यालयहरुमा भूकम्प गएको हो ।
... बिहीबार, १७ फागुन २०७४
प्रकाशित: २०७४ फाल्गुण १६

गत बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार विभागका निमित्त महानिर्देशक श्रीकृष्ण नेपाललाई भन्सार चुहावट रोक्न निर्देशन दिएपछि यतिबेला देशैभरका भन्सार विभागमा भूकम्प गएको छ । भन्सार संकलन पनि ह्वात्तै बढेको छ । भन्सार विभागले देशैभरका मुख्य भन्सारहरूलाई ‘डाटा बेस’ अर्थात् सन्दर्भ मूल्यसूची (रिफरेन्स भ्यालु) भन्दा कम हुने गरी भन्सार मूल्य कायम नगर्न मौखिक आदेश दिए लगत्तै बुधबार लिखित नै आदेश दिएको छमूल्याङ्कन विभागका निर्देशक देवी भण्डारी लगायतले मङ्गलबार र बुधबार दुई दिन नै लगातार काँकडभिट्टा, विराटनगर, भैरहवा, ड्राइपोर्ट, वीरगञ्ज लगायतका भन्सारका प्रमुख र अन्य अधिकृतलाई भिडियो कन्फरेन्स कल गर्दै ‘डाटाबेस’भन्दा कमको भन्सार मूल्य कायम नगर्न निर्देशन दिएका थिए । कम छैनन् हेभी इक्विप्मेन्ट व्यवसायीहरु पनि यसरी भन्सार छलेर अम्बे स्टिल्सले ट्रकका ट्रक हेभी औजार बोर्डर छली गरेर भित्र्याएपछि विरोध भएको हो । स्टिल्सका एक अधिकारीले भने आफूहरुले वैध रुपले नै हेभी औजार नेपाल भित्र्याएको दाबी गरेका छन् । एक अधिकारको दाबी अनुसार अम्बे स्टिल्सले भन्सार छली गरेको पनि छैन र नेपालका हेभी उपकरण भाडेदार व्यवसायीलाई पनि असर पार्ने गरी ती औजार ल्याएको होइन । उनले भने, ‘हामीले आफ्नै प्रयोजनका लागि ल्याएका हौं । तर, हाम्रो नजरमा हेभी इक्विप्मेन्ट व्यवसायी पनि कमका छैनन् । पाए उनीहरु पनि भन्सार छलेर नै नेपाल ल्याउँछन् र भाडामा लगाएर दाम कमाउने गरेका छन् ।’ उनका अनुसार विरोधको कुनै औचित्य छैन । तर, हेभी उपकरण व्यवसायीहरुको दाबी अनुसार भने आफूहरुले भाडामै लगाउँदै आएपनि राजश्व तिरेर वैधानिक काम गर्दै आएकाले अवैध कामको विरोध गर्ने नैतिकता छ । यसअघि पनि महासंघ र संघ प्रतिनिधिहरुले बर्दिया, जिल्ला प्रशाशन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेमा डेलिगेसन नै गएर जानकारी गराएका थिए । गत १५ गते अम्बे स्टिलका लागि भारतीय ठेकेदार आयुकीका नाममा भारतीय मेसिन नेपाल भित्रिएको भन्दै जिल्ला संघ बाँकेले विरोध गरेको हो । बाँकेबाट जारी प्रेस विज्ञप्ति अबैध कारोबारको यस्तो छ कागाजात ?
... बिहीबार, १७ फागुन २०७४
प्रकाशित: २०७४ फाल्गुण १६
February 28th 2018
प्रतिक्रिया दिनुहोस्