अतिक्रमित जग्गामा महानगरको बुल्ड डोजरः अब चौडा बन्ने भो सडक, सफा हुने भो नाला वीरगन्जको (भिडियोसहित)
निर्माण सञ्चार, विरगंज | विरगंज महानगरपालिका कायर्लयलयले अवैध रुपमा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहराहरु भत्काउने कार्य जारी राखेको छ ।
घण्टाघरदेखि छपकैयासम्म जाने रेलवे रोड वरिपरिका जग्गा केही स्थानीयले अतिक्रमण गरी स्थायी कब्जा गर्ने उद्देश्यले पक्की घर बनाई बसेको छन् ।
यसरी नेपाल सरकारको जग्गा नियन्त्रणमा लिने कार्य भइरहेको महानगरका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले बताए ।
आइतबार दुर्गा हलसम्म अतिक्रमण गरिएका घरटहरा हटाइएको थियो भने सोमबार घण्टाघरको टङ्गगा स्टेसनसम्म हटाइने विर्ता प्रहरी चौकीका प्रहरी निरिक्षक अनिस कर्णले बताए ।
महानगरपालिकाले पटक पटक सूचना जारी गर्दै अतिक्रमित संरचनाहरु आफैँ हटाउन आह्वान गर्दा पनि स्थानीयहरुले नटेरेपछि महानगरले स्काभेटर लगाई हटाउन सुरु गरेको छ ।
मुख्यसडक, सहायक सडक तथा पेटी छेउछाउमा अतिक्रमण जग्गा नियन्त्रणमा लिई सडकलाई व्यस्थित बनाउने कार्य भइरहेको मेयर सरावगीले बताए ।
मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाका अन्तर्गत अन्डरग्राउण्ड नाला निर्माणमा अतिक्रमण जग्गाले अवरोध भइरहेको थियो ।
अतिक्रमण गरिएका संरचनाहरु हटाइएपछि अन्डरग्राउण्ड नाला निर्माण कार्य गति लिने बताइएको छ ।
___
राजु शाह
...
सोमबार, १९ फागुन ०७४
प्रकाशित: २०७४ चैत्र १८
प्रकाशित: २०७४ चैत्र १८
April 1st 2018
प्रतिक्रिया दिनुहोस्