हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघमा नयाँ कार्यसमितिको सपथ
निर्माण सञ्चार, काठमाडौं । नेपाली हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीले ०७३ मंसिर २१ गते एक कार्यक्रमका बीच सपथ खाएका छन् ।
आफ्नो कार्यकाल सफल बनाउन भनी संस्थाको विधान र निर्वाचन अधिकृत समक्ष सपथ खाएका उनीहरुले नयाँ कार्यसमितिले नयाँ कार्यक्रम ल्याउने समेत दाबी गरेका छन् ।
निर्वाचन अधिकृत रामेश्वर बोहराले अध्यक्ष ताराबहादुर कुँवरलाई सपथ ग्रहण गराएका थिए भने अध्यक्ष कुँवरले अन्य पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा अधिकृत बोहराले नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीले २ वर्षे कार्यकालमा महासंघलाई ७५ जिल्लामा विकास गरी व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
आगामी दिनमा महासंघलाई आर्थिक र भौतिक रुपमा समेत सबल बनाइ व्यवसायीका हक हितका लागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु प्रतिबद्ध भएर लाग्ने संकल्प समेत व्यक्त गरेका छन् । कार्यक्रमको प्रायोजन आइएमई अटोमोटिभले गरेको थियो ।
नवनिर्वाचित पदाधिकारीलाई दोसान र बुलका विक्रेता साम इन्टरनेशनलले पनि बधाइ तथा शुभकामना दिदै व्यवसायिका हितमा काम गर्न अनुरोध गरेको जानकारी महासंघका सचिव महेश पौडेलले दिए ।
..........
२३ मंसिर, ०७३
प्रकाशित: २०७३ मंसिर २२
प्रकाशित: २०७३ मंसिर २२
December 7th 2016
प्रतिक्रिया दिनुहोस्