महासंघ प्रतिनिधि र मन्त्री थानी बिच भेट— निर्माण सामग्री अभाव हटाउन माग
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सोमबार सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीलाई भेट गरेको छ ।
अध्यक्ष शरद कुमार गौचन नेतृत्वमा मन्त्री थानीलाई शुभकामना सन्देश व्यक्त गर्न गएको निर्माण व्यवासायी महासंघ टोलीले पुनःनिर्माण अभियानमा राष्ट्र लागि रहेको बेला पनि निर्माण सामग्री अभावले पारेको समस्याबारे सरकारले पहल लिनका लागि अनुरोध गरको छ ।
महाभूकम्प तथा भारतीय नाकाबन्दीका कारण पूरा हुन नसकेका परियोजनाको म्याद एक वर्ष थप गरी दिन प्रतिनिधिमण्डलले मन्त्री थानी समक्ष आग्रह गरेको छ ।
प्रतिनिधमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षहरु भीमबहादुर साउद, रुद्र शर्मा, उपमहासचिव सूर्यनाथ तिमल्सिना, कोषाध्यक्ष रोशन दाहाल, व्यवसायीहरु रत्नबहादुर खड्का, खड्क बहादुर खड्का लगायत उक्त भेटमा सहभागी रहेका थिए ।
...........
२० भदौ, ०७३
प्रकाशित: २०७३ भाद्र १९

September 4th 2016
प्रतिक्रिया दिनुहोस्