कोरियन भाषा परीक्षा प्रकाशितः ९२ हजारले दिएको १२ हजार पासः तपाईको नाउँ पनि परो कि ! हेर्नुहोस् नामावली
निर्माण सञ्चार, १३ असार, काठमाडौं । सन् २०१९ का लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
यस वर्षका लागि ९२ हजार ३ सय ५६ जनाले परीक्षा दिएको कोरियन भाषा परीक्षाबाट उत्तीर्ण हुनेको संख्या भने १२ हजार ९ परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले सार्वजनिक गरेको कोरियाली भाषा परीक्षाको नतिजाले यस्तो बताएको हो ।
तर, आवेदन दिएर परीक्षामा सहभागी हुनेको संख्या भने केही कम देखिन्छ । आवेदन दिएमध्ये ८४ हजार २ सय १५ जना मात्रै भाषा परीक्षामा सहभागी भएको वैदेशिक रोजगार विभागले बतायो ।
https://drive.google.com/file/d/1sRrU_q9fnMqzx2HhaY8xWIenXqnHRyjq/view
To see front face coverage, click here
प्रकाशित: २०७६ आषाढ १३
नतिजा कसरी हेर्ने ? कहाँबाट हेर्ने ?
कोरियन भाषा परीक्षाबाट आफू पास भइयो कि छैन भनी हेर्न इपिएस नेपाल’ मा लगइन गरेर पनि हेर्न सक्नुहुने छ । त्यस्तै, वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np बाट पनि हेर्न सकिन्छ । अघिल्लो वर्षको तुलनामा यस पटक परीक्षार्थी र उत्तीर्णको संख्या पनि बढेको देखिन्छ । अघिल्लो वर्ष उक्त परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी थिए भने ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। नेपालबाट कोरिया जाने क्रम सुरु भएसँगै हालसम्म ५८ हजार भन्दा बढी युवाहरु रोजगारीका लागि कोरिया पुगेका छन्। पछिल्ला दिनमा मलेसिया वा खाडी मुलुक भन्दा नेपाली श्रमिक युवाहरू कोरियाका लागि आफ्नो सुरक्षित श्रमगन्तव्यका रुपमा लिन्छन् ।प्रकाशित नामावली तल हेरौं
०००
To see front face coverage, click here
प्रकाशित: २०७६ आषाढ १३
June 28th 2019
प्रतिक्रिया दिनुहोस्