
ढुंगागिट्टी उत्खनन गर्ने दुई जना पक्राउ, डोजर नियन्त्रणमा
निर्माण सञ्चार, २७ साउन, काठमाडौं । खोटाङमा गैरकानूनी तवरले ढुंगागिट्टी उत्खनन गर्ने दुई जना पक्राउ परेका छन भने उत्खननमा प्रयोग भएृको डोजर नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा निर्माण व्यवसायी कृष्ण घिमिरे र डोजर चालक रहेका छन्। रातको समयमा खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासबाट ढुंगागिट्टी निकालिरहेको अवस्थामा प्रहरीले डोजरसहित उनीहरुलाई प्नियन्त्रणमा लिएको हो।
पछिल्लो समय जथाभाबी ढुंगागिट्टी निकाल्ने क्रम बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उत्खननमा रोक लगाएको थियो। तर मझुवागढी आसपास उत्खननमा भइरहेको गोप्य सूचना पाएपछि उनीहरु पक्राउ परेका हुन्।
उनीहरूलाई आगामी दिनमा कमजोरी नदोहो९याउने शर्तमा छाडिएको नगरपालिकाले जनाएको छ।
OOO
To See front face coverage, click here
प्रकाशित: २०७६ साउन २७
प्रकाशित: २०७६ साउन २७
August 12th 2019
प्रतिक्रिया दिनुहोस्