
जुम्लामा इन्टरलक इँट्टा उद्योग संचालन
निर्माण सञ्चार, १० भाद्र, काठमाडौं । जुम्लामै भूकम्प प्रतिरोधी इन्टरलक इँट्टाा उत्पादन उद्योग संचालन भएको छ । स्थानीय माटो, वालुवा र सिमेन्ट मिसाएर बनाइएको इन्टरलक इँट्टा उद्योग संचालनमा आएको हो। २०७२ को विनाशकारी भूकम्पमा ठूलो जनधनको क्षति भयो ।
विज्ञहरुका अनुसार अबको भूकम्पको जोखिममा साविकको कर्णाली छ । यहाँका संरचनाहरु परम्परागत शैलीमा छन् । आकर्षक भएपनि भुकम्पिय दृष्टिले भने दिर्घकालिन छैनन्। तर सस्तो पनि पर्ने र भूकम्पबाट पनि क्षति नहुने खालको घर भवन निर्माण गर्न जुम्लामै पहिलो इन्टरलक इँट्टा उत्पादन उद्योग संचालन भएको हो। अहिले जुम्ला सदरमुकाका अधिंकाश घरहरु इन्टरलक इँट्टाबाटै निर्माण हुन थालेका छन् । स्थानीय मनोज बुढाथोकीले कम्पनीनै दर्ता गरेर इँट्टा उद्योग संचालन गरेका हुन् । भने यहि इँट्टाबाट बड्की होमस्टेको कोसेली घर समेत निर्माण भइरहेको छ ।
निर्माण कार्यमा कम लागत र छिटो घर निर्माणको काम उक्त इँट्टाबाट सहज हुन थालेपछि छोटो समयमा बजार पाउन थालेको छ । अहिले सो इँट्टा बनाउने मेसिन झण्डै १९ लाखको लागतमा भित्र्याइएको छ । पहिलो चरणमा झण्डै १५ हजार इँट्टा उत्पादन गरिसकेको छ । जुम्लामै एम्स मल्टि म्यानिफ्याक्चरिङ कम्पनी दर्ता गराइ सो कम्पनीबाटै उद्योग संचालन गरी जुम्लामा घर भवन निर्माणको काम भइरहेको छ । उद्योगका प्रोपाईटर बुढाथोकीले भने, ‘अब नेपालगंजकै मुल्यमा इँट्टा जुम्लामा पाइने र घर निर्माण गर्न सस्तो, सजिलो हुनेछ।’
छोटो समयमा जुम्लामा ईन्टरलक ईटाले बजार पाएको छ । यता शहरी विकास तथा भवन कार्यालय जुम्लाका प्रमुख राम आशिस दासका अनुसार भूकम्पका दृष्टिले इन्टरलक इँट्टा अहिले सरकारको कार्यसूचिमा परिसकेको र भूकम्प प्रतिरोधी समेत भएको बताए । उनले वैकल्पिक घर निर्माणका लागि अहिले सो इँट्टा उत्तम रहेको बताए।
प्रकाशित: २०७६ भाद्र १०
१५ हजार इँट्टा उत्पादन
जुम्लामै उत्पादन भएको सो इन्टरलक ईटा करिब १५ हजार इँट्टा झण्डै १४ लाख पच्चिस हजार मुल्यमा इँट्टा उत्पादन भइसकेको छ । अर्डर अनुसार नै उत्पादन भएकोले घरहरु निर्माणसमेत धमाधम भइरहेका छन् । सिञ्जा क्षेत्रको हिमा गाउँपालिकाको होमस्टेको कोसेली घर, चन्दननाथ नगरपालिका वडा नं ४ मा गुठीचौर गाउँपालिका ५ का वडाध्यक्ष चन्द्र नेपालीको घर लगायत धेरै घरहरु यहि इँट्टा निर्माण भइरहेको छ । अहिले इन्टरलक इँट्टा उद्योग संचालनमा आएपछि अडर पनि उत्तिकै बढ्न थाल्दा एक वर्षमा आम्दानी राम्रै हुने कम्पनीले बताएको छ । ठूलो आकारको सो इँट्टा भने अन्य इँट्टा भन्दा ३ गुण ठूलो छ। बीचमा सरिया, दाँया बाँया पिल्लर, हरेकको बीचमा प्वाल भएकाले बलियो हुने देखिन्छ । वडाध्यक्ष चन्द्र नेपालीका अनुसार जुम्लामै इट्टा पाउनु निकै राम्रो कुरो, ढुंगा माटो भन्दा सस्तो र छिटो हुने रहेछ, यसलाई आबश्यकता परे स्थानीय सरकारले पनि लगानी गर्नु पर्नेमा जोड दिए।इँट्टाको माग बढ्दो
एम्स मल्टि म्यानिफ्याक्चरिङ कम्पनी दर्ता गरी इन्टरलक इँट्टा उद्योग संचालन भएको धेरै समय भएको छैन् । तर पहिलो चरणमा मेसिनको क्षामता अनुसार १५ हजार इँट्टा उत्पादनको अर्डर आएपछि उत्पादन गरियो । सबै बजारमा गएर घरहरु निर्माण भइसकेका छन् । मनोज बुढाथोकी मगरले भने, यसको माग छोटो समयमा धेरै बढ्यो, अब अहिले १० क्षामताको मेसिन उत्पादन नधान्ने भएपछि झण्डै ५३ हजार ईटा् एकै पटक उत्पादन हुने मेसिन खरिदका लागि अर्डर भईसकेको उनको भनाई छ । नेपालमा सारै महंगो पर्छ, रसियन डिजाईन घरहरु निर्माण हुने भएकोले रसियाबाट सिधै मेसिन जुम्लामा आउने र त्यसको लागत ३० लाख जति लाग्ने उनको अनुमान छ । माग अनुसारको इँट्टा उत्पादनका लागि मेसिन नँया ल्याउन लागिएको हो । अहिले ईन्टरलक ईटा्बाट निर्माण गर्न ९ वटा घरको अर्डर आएको बताए ।२५ जनालाई रोजगारी
यहाँ स्थानीय सरकार आइसकेपछि सोचे अनुसारको रोजागारी सृजना भएन । यहाँका युवा, महिलाहरु सधै कालापहाड गर्दछन् भने, ज्याला मजदुरीमा पनि त्यति राम्रो कमाई छ । तर इन्टरलक इँट्टा उद्योग संचालन गरेपछि जुम्लाका २५ महिला, पुरुष, तथा बेरोजगार युवायुवतीले रोजगार पाएका छन् । जसमा महिला १२ जना इँट्टा उद्योगमा, ५ जना क्रसर उद्योगमा, र ८ जना युवायुवती टायल तथा तार जालीमा ८ दैनिक काम गरिरहेका छन् । 000प्रकाशित: २०७६ भाद्र १०
August 27th 2019
प्रतिक्रिया दिनुहोस्