नेपाली समय: ०७:१५:१३ बिहान
वि.सं २०७६ मंसिर २१   शनिवार

नगरपालिकाले इँट्टा उद्योगमाथि डोजर चलाएपछि सर्वोेच्चले प्रधानमन्त्री कार्यालयलाई दियो १५ दिनको समय सीमा, मेयर परे कानूनी चक्रब्यूहमा!

निर्माण सञ्चार, १२ भदौ, ०७६, काठमाडौं । नमोबुद्ध नगरपालिकाका मेयर टंकप्रसाद (टिपी) शर्माको नेतृत्वमा सोही नगरपालिकाको भकुन्डेबेसिमा रहेका ८ वटै इँट्टा उद्योगमा डोजर चलाइएको छ। ती उद्योगमाथि डोजर चलाइएपछि कारोडौँको क्षति भएको छ।

मेयरको यस्तो कदमले क्षति व्यहोरेका पीडित विन्दावासनी इँट्टा उद्योगले सवोच्च अदालतमा रिट दायर गरेको छ।उक्त इँट्टा उद्योगबाट अख्तियार प्राप्त कृष्ण प्रसाद छुवाजुले क्षतिपूर्तिको माग गर्दै सर्वोच्चमा रिट दयार गरेका हुने। दायर गरिएको रिटमा स्थानीय सरकारदेखि संघीय सरकारलाई विपक्षी बनाइएको छ।

सर्वोच्चले रिटमा मंगबार सुनावाई गर्दै स्थानीय सरकारदेखि संघीय सरकार निवेदकको माग दावीअनुसार अन्तरिम आदेश जारी गर्न नपर्ने कारणसहित आवश्यक कागज पेश गर्न १५ दिनको समय सीमा दिएको छ।

सर्वोच्चले नमोबुद्ध नगरपालिका, जिल्ला प्रशासन काभ्रे, प्रदेश सरकार, उद्योग मन्त्रालय, सरोकारवाला निकायसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् गरी १७ वटा निकायलाई १५ दिनको समय सीमा दिइ अन्तरिम आदेश जारी गर्न नपर्ने कारणसहित आवश्यक कागज पेश निर्देशन दिएको छ।


नेपाल घरेलु तथा साना उद्योग महासंघमा पत्रकार सम्मेलन गरी नेपाल इँटा उद्योग महासंघले संविधानले दिएको निजी सम्पत्तिको अधिकार र उद्योगी भई स्वतन्त्र तरिकाले काम गरी खान पाउने अधिकार हनन गरेको भन्दै बुधबार उक्त कार्यको भत्र्सना गरेको छ ।

अध्यक्ष महेन्द्र बहादुर चित्रकारले सम्बन्धित नगरपालिका प्रमुखले डोजर लगाइएका आठवटै इँट्टा उद्योगको क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् । उनले समृद्ध नेपालको संकल्प बोकिरहेका प्रधानमन्त्रीको सपनामाथि मेयरले नै डोजर चलाएको आरोप समेत लगाएका छन् ।

इँट्टा उद्योग महासंघले क्षतिपूर्ति सहित दोषीमाथि कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार भकुन्डेबेसिमा भएका ८ वटै इँट्टा उद्योग र भौतिक संरचना  बल प्रयोग गरी ध्वस्त बनाएको उसले भनेको छ । महासंघ अध्यक्ष चित्रकारले नगरपालिका उद्योग र समृद्धि विरोधी चरित्रको रहेको भनेका हुन् ।

क्षतिपूर्ति नभए आन्दोलनमा जाने महासंघको भनाइ छ । उनले भने, नगरपालिकाले उद्योग सार्ने स्थानको व्यवस्थापन नै नगरी उद्योग ध्वस्त बनाएपछि  व्यवसायी मार्ने काम भएको छ । यसका क्षतिपूर्ति नगरपालिकाले तत्काल दिनुपर्छ नभए हामी अन्दोलनमा जान्छौ।’

साना उद्योगहरुका पक्षमा घरेलु तथा साना उद्योग व्यवसायी महासंघ (एफएनसिएसआई) ले आन्दोलनको समर्थन गर्ने बताएको छ । महासंघ अध्यक्ष श्याम गिरीले निन्दनीय काम गरेको भन्दै नगरपालिकालाई वार्तामा आउन र क्षतिपूर्ति दिई माफ माग्न समेत आग्रह गरेका छन् ।

इँटा महासंघ अध्यक्ष चित्रकारले नगरपालिका क्रमशः अन्य क्षेत्रमा पनि इँट्टा उद्योगलाइ विस्थापित गर्ने तयारी सहित अघि बढिरहेको भन्दै अन्याय गरेमा आफूहरु पनि चुप लागेर नबस्ने बताए ।

आउने १४ गते इँटा व्यवसायी महासंघले आफ्नो साधारण सभा समेत गर्दै छ । नमोबुद्ध नगरपालिका प्रमुखले आफ्ना सदस्य उद्यमी माथि गरेको अन्यायबारे साधारण सभा हलले नमोबुद्ध नगरपालिकामाथि इँटा नाकाबन्दी समेत गर्न सक्ने चेतावनी दिएका छन् ।

व्यवसायीहरुले उद्योगमा सेयर नदिएपछि मेयरले रिसिबी साँधेको बताएका छन् । उनीहरुले आफूहरुलाई कुनै विकल्प नै निदिइ एक्कासी आएर उद्योगमाथि डोजर चलाएको आरोप लगाए ।

डोजर चलाएपछि १० करोड रुपियाँ बराबर क्षति भएको उनीहरुको दाबी छ ।

देशभरि संचालित इँट्टा उद्योगको संरक्षण गर्ने र पीडित इँट्टा उद्योग लाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने मागसहित महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

इँटा उद्योग महासंघ घरेलु उद्योग महासंघको वस्तुगत सदस्य पनि हो ।

महासंघले वार्ता र संवादबाट सहमति खोज्न आग्रह गरेको छ । उसले उद्योगीको लगानीको संरक्षण गर्न केन्द्रीय सरकार र स्थानीय सरकारसँग जोडदार माग गरेको छ।

इँट्टा उद्योग महासंघको माग र भावी कार्यक्रम प्रति नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघ र नेपाल अटोमेकानिक्स एसोसियन लगायत अन्य व्यावसायिक संघहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

एफएनसिएसआईका पदाधिकारी सहित इँटा व्यवसायी महासंघ पत्रकार सम्मेलन गर्दै

व्यवसायी लक्ष्मण महर्जनले नगरपालिकाले उद्योग सार्ने स्थानको व्यवस्थापन नै नगरी हटाएकोमा ‘व्यवसायी मार्ने काम भयो’ भनी आपत्ति प्रकट गरे।

उनले सर्वोच्चबाट न्याय पाउने आश रहेको बताए । आइतबार नै व्यवसायीहरूले सर्वोच्चमा रिट दर्ता गरेका थिए । अदालतले नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्माका नाउँमा कारण देखाउ आदेश दिइसकेको छ ।

 

नगरपालिकाको बचाउ

आफ्नो कदमको बचाउ गर्दै सो नगरपालिकाले भने सही गरेको ठोकुवा गरेको छ ।

इँट्टा उद्योगहरू बन्द गर्न भन्ने नगरपालिकाको अनुरोध र व्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरेपछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा डोजर चलाएको बतायो ।

उसका अनुसार ‘वातावरण मैत्री हुन पटक–पटक दिइएको अल्टिमेटम नमानेकै कारण अघिल्लो वर्ष नै भट्टा बन्द गर्ने निर्णय गरेका थियौं’, नगर प्रमुख तिमल्सिनाले भने, ‘हामी निर्वाचित भएर आएको पहिलो बैठकले सबै उद्योग बन्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको थियो।’

चिम्नी भत्काउने दिन नेपाल प्रहरीका ६०, सशस्त्र प्रहरीका ४१ जना, जनप्रतिनिधि, स्थानीयहरू अत्याधुनिक मेसिन औजारसहित चिम्नी उद्योगमा पुगेका थिए।

नमोबुद्ध नगरपालिकामा ८ वटा उद्योग रहेका थिए। भट्टा भत्किएसँगै उद्योगहरूले मजदुरहरूको पारिश्रमिक नपाएको भन्दै मजदुरहरू आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मेयर टिपी शर्मा भने आधुनिक शैलीका चिम्नी र भट्टा सहितको नयाँ लगानीकर्ता भित्रयाउने तयारी पछि ती इँटा उद्योगमा डोजर लगाउन पुगेको सूत्रहरुको दाबी छ ।

 

OOO

पढौं यो पनि

सेयर नपाएको झोकमा मेयरले इँटा उद्योगमागि डोजर चलाएको खुलासाः अदालतबाट कारण देखाउ आदेश, क्षतिपूर्ति खोज्दै व्यवसायी



प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार