धरौटी रकम बुझाउन चार दिन मात्र बाँकी रहँदा मर्जरमा आए म्यानपावर कम्पनी, २१४ वटा कम्पनीको निवेदन दर्ता
निर्माण सञ्चार, १४ भदौ, काठमाडौं । वैदेशिक रोजगार व्यवसाय (म्यानपावर) कम्पनीहरु सरकारले बढाएपछि धरौटी रकम थेग्न नसकि मर्जरमा जाने भएका छन् ।
मर्जरमा जानको लागि शनिबार दिउँसोसम्म २१४ वटा संस्थाले निवेदन दिएका छन्। वैदेशिक रोजगार विभागमा महानिर्देशक भीष्मकुमार भुसालका अनुसार जसबाट ९२ वटा संस्था बन्नेछन् ।
उनले भने, दुई वटा संस्था एकअपसमा गाभिएर एउटै बन्न ७५ वटा निवेदन, ३ वटा संस्था गाभिन ७ निवेदन, ४ वटा संस्था गाभिन ८ निवेदन, ५ वटा संस्था गाभिन एउटा निवेदन र ६ वटा संस्था गाभिन १ निवेदन परेको छ।'
सरकारले बैदेशिक रोजगार ऐन संशोधन गरेर म्यानपावर कम्पनी धरौटी बढाएपछि धरौटी थेग्न नसकि मर्जरमा गएका हुन्।संशोधित ऐनअनुसार वर्षमा ३ हजारभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीले ५० लाख नगद धरौटी र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्छ ।
यस्तै तीनदेखि ५ हजारसम्म कामदार पठाउनेले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी राख्नुपर्छ ।त्यसैगरी ५ हजारभन्दा बढी कामदार पठाउनेले दुई करोड नगद धरौटी र तीन करोड बैंक ग्यारेन्टी राख्नुपर्छ ।
यसअघि म्यानपावर कम्पनीले ७ लाख मात्र नगद धरौटी र २३ लाख बैंक धरौटी राखे पुग्थ्यो । संशोधित ऐनले तोकेको धरौटी र बैंक ग्यारेन्टी बुझाउने वा मर्जरमा जाने म्याद ४ दिन बाँकी छ ।
सुरुमा म्यानपावर कम्पनीहरुले मर्जरमा चासो देखाएका थिएनन् बरु धरौटी रकम घटाउन लबिङ गरेका थिए । तर सरकारले धरौटी घटाउनुको साटो ब्याज समेत कोषमा जम्मा गर्ने बताएपछि म्यानपावर कम्पनीहरु मर्जरमा जान थालेका छन् ।
प्रकाशित: २०७६ भाद्र १४
प्रकाशित: २०७६ भाद्र १४
August 31st 2019
प्रतिक्रिया दिनुहोस्