नेपाली समय: ०६:४४:३९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

'इँटा उद्योग व्यवस्थित गर्न खाेजिएकाे हो, आतङ्कित पार्ने उद्देश्य होइन'

निर्माण सञ्चार, १५ भदौ, रौतहट । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मात्रिका यादवले इँटा उद्योग मन्त्रालयले व्यवस्थित गर्न खोजेको बताएका छन्।

रौतहटको चन्द्रनिगाहपुरमा शनिबार आयोजित नेपाल इँट्टा उद्योग महासंघको ११ औँ साधरण सभालाई सम्बोधन गर्दै उद्योग मन्त्री यादवले भने,हो, ‘इँटा उद्योगव्यवस्थित गर्न खोजिएको,आतङ्कित पार्ने  उद्देश्य राज्यको होइन’

उनले इँटा उद्योगले पनि पुराना प्रविधि नै अविलम्बन गरेकाले केही समस्या आएका बताए । उनले तुरुन्त नयाँ प्रविधिमा जान इँट्टा उद्योगीहरुलाई सुझाव समेत दिए। । धुवाँ र प्रदूषणमुक्त वातावरण तथा प्रविधिमैत्री उद्योग स्थापनामा मन्त्री यादवले जोड दिए।

त्यस्तै उनले विगत लामो समयदेखि बन्द रहेका देशका विभिन्न ठूलाठूला उद्योग संचालनमा ल्याउने सरकारको नीति भएको बताँउदै मन्त्री यादवले प्रदेश २ सरकारले कब्जा गरेर बसेको जनकपुर चुरोट कारखाना पनि संचालन गर्ने तयारीमा सरकार जुटेको बताए।

सोही कार्यक्रममा संघीय संसाद देवप्रसाद तिमल्सिनाले इँट्टा उद्योगले करमात्र बुझाउने सरकारीस्तरबाट सेवा सुविधा नपाउने भएपछि समस्या भएको बताए। नेपाल इँट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले इँट्टा उद्योग र व्यवसायीको समस्या सरकारले बुझनु पर्ने बताए।

साधरण सभामा आयरव्याय , वार्षिक प्रतिवेदन र भावी योजनालगायतका विषयमा छलफल गरिएको छ। उक्त महाअधिबेशनमा देशभरीका १ हजार २ सय इटा उधोगीका ५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागिता जनाएको रौतहट इँटा उद्योग व्यवसायी महासंघका अध्यक्ष विनोद यादवले जानकारी दिए।

 देशभरका इँटा व्यवसायी सहभागी रहेको उक्त साधारणसभामा आयव्यय, वार्षिक प्रतिवेदन, भावी योजनालगायत विषयमा छलफल भएको थियो ।

 

OOO



प्रकाशित: २०७६ भाद्र १५
September 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार