नेपाली समय: ०७:४९:२३ बेलुका
वि.सं २०८३ भाद्र १   सोमवार

एनआरएन यूकेमा नयाँ इतिहास, अध्यक्षमा पहिलोपटक महिला विजयी 

निर्माण सञ्चार, ७ भदौ, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। एनआरएन यूके इतिहासमा  गुरुङ पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । उनी प्रत्यासी शेरबहादुर सुनारभन्दा २ सय ३ मत बढी ल्याएर विजयी भइन्। अन्तिम परिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले ४ हजार ५ सय ५१ मत प्राप्त गरिन्। उनका प्रत्यासी सुनारले सुनारले ४ हजार ३ सय ४८ मत प्राप्त गरेको एनआरएन युके निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का, महिला उपाध्यक्षमा रोजिना प्रधान राई, महासचिवमा फडिन्द्र भट्टराई, सचिव जित रानाभाट र कोशलेश्वर (कृष्ण) ढकाल, महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका, सह(कोषाध्यक्ष शकुन्तला गुरुङ, युवा संयोजकमा नवीन गुरुङ, महिला संयोजकमा प्रसुना कँडेल निर्वाचित भएका छन्।
सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा। सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ र ज्ञानेन्द्रबहादुर आले मगर विजयी भए ।

आइसीसी सदस्यमा लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएका छन् । इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ र स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल निर्वाचित भए । वेल्स राज्य परिषदमा अध्यक्ष कृष्णप्रसाद भण्डारी र नर्दन आयरल्याण्ड राज्य परिषद अध्यक्षमा नारायणबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित एनआरएन युके अध्यक्ष गुरुङ नेतृत्वले आइतबार शपथ लिएको छ । शपथ तथा घोषणा सभामा अध्यक्ष पराजित शेरबहादुर सुनार समूह भने सहभागी थिएन ।
 



प्रकाशित: २०७६ आश्विन ७
September 24th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार