नेपाली समय: ०१:२१:४४ बिहान
वि.सं २०७६ चैत्र १८   मंगलवार

कोरोना रोकथाम गर्न एनआरएनएले एक करोड सहयोग गर्नेः विश्वभरबाटै प्रभावित नेपालीको डाटा संकलन सुरु

निर्माण सञ्चार, १० चैत, काठमाडौँ । कोरोना भाइरस महामारीको हुनसक्ने सम्भावित फैलावट नियन्त्रण गर्न नेपाल सरकारले गरेको अपिल अनुसार विभिन्न क्षेत्रबाट सहयोग पनि जुटिरहेको छ । 

नेपाल सरकारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एक करोड रुपियाँ सहयोग गर्ने भएको छ । 

  • विपदामा प्रवासी नेपाली मन
एनआरएनएले नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको संघले जनाएको हो ।

एनआरएनए प्रवक्ता डिबी क्षेत्रीले जनाए अनुसार कोरोना संक्रमण महामारी नियन्त्रण तथा संक्रमितहरुका उपचारका लागि विभिन्न उपकरण तथा औषधीजन्य सामाग्री खरिद गर्न उक्त सहयोग कोषमा जम्मा गर्ने छ ।

संघको बैठकले कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पीडित राहतकोष संकलन समिति गठन गरेको प्रवक्ता क्षेत्रीले बताए । 

त्यस्तै, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ भने संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोना पीडित नेपालीको तथ्यांक संकलन समेत गर्न थालिसकेको छ ।

संघले कोरोना भाइरस संक्रमितको सहयो गर्न भन्दै अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन छ । 

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले सुरुमा सरकारको तर्फबाट ५० करोड रुपियाँ राखेर कोष खडा गरेको थियो ।


०००

पढौं यी पनि



प्रकाशित: २०७६ चैत्र १०
March 23rd 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार