क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओली
निर्माण सञ्चार, ०१ मंसिर, काठमाडौं । युनिसेफद्वारा आयोजित एक कार्यक्रमका लागि नेपाल आएका भारतिय पूर्व क्रिकेटर सचिन तेन्दुल्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
उक्त भेटघाटमा प्रधानमन्त्री ओलीले तेन्दुल्करसँग खुसी समेत व्यक्त गरेका हुन्। बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको तेन्दुल्करले प्रशंसा समेत गरे ।
विश्व क्रिकेट जगतका हस्ती रुपमा परिचित तेन्दुल्कर नेपाल आएर शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए।
तेन्दुल्करले आइतवार बिहान पशुपतिनाथको दर्शन समेत गरेका हुन् ।
यस अघि तेन्दुल्करले ०७२ को विनासकारी भूकम्पको समयमा नेपाललाई सहयोग गरेका थिए।
०००
प्रकाशित: २०७६ मंसिर १
०००
प्रकाशित: २०७६ मंसिर १
November 17th 2019
प्रतिक्रिया दिनुहोस्