नेपाली समय: ११:५६:५४ राती
वि.सं २०७६ मंसिर २०   शुक्रवार

रौतहटको प्रहरी चौकीमा बम बिस्फोट हुँदा एक प्रहरी घाइते

निर्माण सञ्चार, २६ कात्तिक, रौतहट । रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथी बम प्रहार भएको छ। स्थानीय ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेका हुन्।

बिआर०५८–६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएका अपराधीक समुहले गरेको बम प्रहारबाट सेन्ट्री  डिउटी खटिएका प्रहरी जवान रन्जित यादव घाइते भएका छन्। बमको छर्रा लागेर चौकी नजिक रहेको एउटा खसी मरेको छ।

प्रहरी जवान यादव सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। प्रहरीले बम प्रहार गर्ने एक जना भारत ढाका का २५ वर्षिय चन्दन कुमारलाई पक्राउ गरेको छ। घटनाको थप विवरण आउन बाकी छ। मोटरसाइकलमा आएका दुईजनाले बम प्रहार गरेको बुझिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रकाशित: २०७६ कार्तिक २६
November 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार