सर्लाही, धनुषा र महोत्तरीमा थपिए कोरोनाका ५ संक्रमितः पुग्यो २४६ !
निर्माण सञ्चार, १ जेठ, काठमाडौं । कोरोना संक्रमणको पछिल्लो आँकडा अनुसार नेपालमा थप ५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थपिएमध्ये सर्लाहीका १, धनुषामा र महोत्तरीका २–२ जना रहेका छन् ।
ती संक्रमित मध्ये ४ पुरुष र १ जना महिला रहेका छन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।
बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं चन्द्रागिरिमा पछिल्लो दिनमा कोरोना संक्रमित देखिएका थिए । भक्तपुरमा पनि संक्रमित भेटिएका थिए ।
पुनश्चः स्वास्थ्य मन्त्रालयले पछि ४ जनाको नाम सच्याएको छ । जसअनुसार कोरोना संक्रमितको संख्या २४६ रहेको उसको दाबी छ । यस अघि मन्त्रालयले नै २५० जना पुगेको जानकारी गराएको थियो ।
०००
पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ १
काठमाडौंमा चन्द्रागिरि कोरोना केन्द्र ! नयाँ २ भेटिएसँगै कोरोना संक्रमितको संख्या पुग्यो २४५
बुधबार साँझसम्म थपिए २४ संक्रमितः पुगे २४३
जनकपुरका पत्रकारदेखि बाँके र कपिलवस्तुमा थपिए एक–एक कोरोना संक्रमितः पुग्यो २२०
कोरोना ‘हाइअलर्ट’ ! काठमाडौं र भक्तपुरमा फेरि थपिए नयाँ संक्रमितः मंगलबार मात्रै ८३ मा कोरोना, पुगे २१७
बारा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन
पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१
फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर
जुम्लामा गाउँगाउँ पुगेर एकैदिन ८४९ को स्वाब संकलन, सिक्ने कि अरु प्रदेशले पनि !
प्रकाशित: २०७७ जेठ १
May 14th 2020
प्रतिक्रिया दिनुहोस्