एनआरएन निर्वाचनः अध्यक्ष पन्त सहित यी हुन् बाँकी पदका विजेता (नाम सहित)
निर्माण सञ्चार, १ कात्तिक, ०७६, काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट अध्यक्षमा कुमार पन्त सहित बाँकी सबै पदका लागि नेतृत्व चयन गरेको छ ।
आउने २ वर्ष कार्यकालका लागि नेतृत्व चयनको काम सम्पन्न भएको निर्वाचन समितिले जनाएको हो ।
शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले निकटतम प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् ।
पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।
महिलासहितको ५ उपाध्यक्षमा मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसीले ११६३ मत ल्याएर विजयी बनेका छन् ।
त्यस्तै, अर्जुनकुमार श्रेष्ठले १०२७, सोनाम लामा ८९८ र आचार्य समूहका मन केसीले ९६१ मत ल्याएर विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मत पाएर विजयी भएकी छन् । प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याउन सकेकी थिइन् ।
त्यस्तै, महासचिवमा पन्त समूहका डा हेमराज शर्मा निर्वाचित भएका छन् ।
यस्तै २ सचिवमा गौरीराज जोशी ९१६ मतले विजयी बने भने आरके शर्मा ८६८ मत पाएर विजेता बन्न सफल भए ।
कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ १६५३ मत पाएर विजयी बनेका छन् भन् सहकोषाध्यक्षमा लोकप्रसाद दहाल ११८४ मत पाएर जितेका छन् ।
महिला संयोजकमा भोमादेवी लिम्बुले ७०२, युवा संयोजकमा हिमाल गुरुङले ७६८ मत पाएर विजयी बनेका छन् ।
त्यस्तै, मध्यपूर्व र अफ्रिका क्षेत्रका लागि सबै निर्विरोध विजयी बन्न सफल भएका छन् ।
मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध चयन भएका हुन् ।
महिला संयोजकमा सुमित्रा देवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।
उनले थप २ जना उम्मेदवारलाई पराजित गर्न सफल भए । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपानेले १९८ र पारसमणि पोखरेलले १९५ मत पाएर विजयी भए । महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्विरोध निर्वाचित बने ।
०००
पढौं यो पनि
एनआरएनए निर्वाचनः पाँच मन्त्र बोकेका कुमार पन्त अध्यक्षमा विजयीः महासचिवमा डा शर्मा, उपाध्यक्षमा डा बद्री
प्रकाशित: २०७६ कार्तिक १
को बन्यो एसिया प्रशान्त क्षेत्रको संयोजक ?
एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ विजयी बनेका छन् । उनले २१७ मत पाएर विजयी बनेका हुन् ।उनले थप २ जना उम्मेदवारलाई पराजित गर्न सफल भए । दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपानेले १९८ र पारसमणि पोखरेलले १९५ मत पाएर विजयी भए । महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्विरोध निर्वाचित बने ।
को बन्यो अमेरिका क्षेत्रको संयोजक ?
अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ मतका साथ विजयी बनेका छन् । उपसंयोजकमा राम सी पोखरेलले १५० मत पाएर विजयी भए । महिला संयोजकमा उमा कार्की थापाले १४४ पाएर विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्विरोध भइन् ।ओसेनियाको संयोजकमा को चुनियो ?
ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डेले १०५ मत पाएर विजयी बन्दा ३ मतान्तरले मात्रै विजयी बन्न सफल भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् । उपसंयोजकमा नवीन कँडेलले १०७ मतका साथ विजयी बनेका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याएका छन् । महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्विरोध चयन भएका छन् ।को बन्यो युरोप क्षेत्रको संयोजक ?
त्यस्तै, युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य २७४ मत पाएर विजयी बने । यस्तो छ पूर्ण विवरण
०००
पढौं यो पनि
एनआरएनए निर्वाचनः पाँच मन्त्र बोकेका कुमार पन्त अध्यक्षमा विजयीः महासचिवमा डा शर्मा, उपाध्यक्षमा डा बद्री
किन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?
- एनआरएन विश्वसम्मेलनः तानव पछि शान्तिपूर्ण मतदान, भोलि विहानसम्म विजेता घोषणा भइसक्ने
- विश्वसम्मेलनको मुखैमा एनआरएनएले भन्यो, ‘बालुवाटार जग्गा किनेकोमा ‘पछुतो भयो, राज्यद्वारा ठगियौं’
प्रकाशित: २०७६ कार्तिक १
October 18th 2019
प्रतिक्रिया दिनुहोस्