वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी
निर्माण सञ्चार, पुस २३, वीरगञ्ज । वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको छ ।
महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा आगलागी भएको हो ।
आगलागीपछि अलिले त्यहाँ प्रहरी पुगिसकेको छ भने दमकल पनि पुगिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीका कारण उधोगमा रहेको तयारी कपडा, मटेरियल र मेसिन लगायत करोडौंको माल समाल जलेर नष्ट भएको यकिन गरिए पनि यथार्थ बिवरण भने अहिलेनै आउन सकेको छैन ।
उद्योग सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।
बाटो साँघुरो भएका कारण बारुण यन्त्र आगलागी भएको स्थानसम्म लैजान समस्या भएको थियो ।
०००
प्रकाशित: २०७६ पौष २३
प्रकाशित: २०७६ पौष २३
January 8th 2020
प्रतिक्रिया दिनुहोस्