नेपाली समय: १०:४१:२८ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

सरकारले सुरु गर्यो औद्योगिक ग्राम निर्माण अभियानः ३२ स्थानीय तहसँग समझदारी, कस्तो बन्ला ?

निर्माण सञ्चार, पुस २९, काठमाडौं । लामो समयदेखि बहशमा रहेको औद्योगिक ग्राम स्थापना निर्माणको अभियान सरकारले सुरु भएको छ । 

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै औद्योगिक ग्राम स्थापनाका लागि ३२ स्थानीय तहका पदाधिकारसँग सम्झौता गरेको हो ।

मन्त्रालयले  स्थानीय तहलाई औद्योगिक ग्राम निर्माण गर्नका लागि जनही ९२ लाख रुपियाँ समेत प्रर्दान गरेको छ । 

उक्त्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले स्थानीय तहका पदाधिकारीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । 

कार्यक्रममा बोल्दै मन्त्री भट्टले साना साना उद्योगीलाई प्रोत्साहन गर्नेगरी उक्त सम्झौता गरिएको बताएका हुन् । 

उनले देशलाई समृद्ध बनाउन विभिन्न प्रकारका सहुलियत स्वरु उद्योगी व्यवसायीलाई सहजीकरण गर्ने समेत बताएका छन । 

कार्यक्रममा बोल्दै आपुर्ती सचिव बैकुण्ठ अर्यालले देशको समृद्धिमा उद्योगहरुको ठुलो भुमिका रहने बताएका छन । 

उनले नेपालको कच्चा पदार्थमा नेपालकै उत्पादन बजारमा ल्याउनका लागि सरकारले औद्योगिक ग्रामको अवधारणा ल्याएको बताए । 

उनले कार्यक्रममा बोल्दै नेपालका विभिन्न स्थानीय तहका स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी नेपालको वैदेशिक व्यापारलाई आत्मनिर्भर बनाउन औद्योगिक ग्रामले ठुलो भुमिका खेल्ने बताएका छन । 

सोही कार्यक्रममा बोल्दै उद्योग राज्यमन्त्री मोतीलाल दुगडले सरकार उद्योगिको हितमा काम गर्ने बताउँदै औद्योगिक ग्राम लगायतका अन्य कार्यक्रम पनि ल्याउन तयार रहेको बताए ।
 
सरकारले विभिन्न ४२ ओटा औद्योगिक ग्रामको योजना बनाएपनि पहिलो चरणमा भने ३२ ओटा औद्योगिक ग्रामसँग मात्र सम्झौता गरेको छ ।

 

०००



प्रकाशित: २०७६ पौष २९
January 14th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार