नेपालकाे तेस्रो मुलुकसँग व्यापार गर्न खुले चीनका बन्दरगाह, नेपालबाट कुन कति दूरीमा ?
निर्मााण सञ्चार, माघ ०१, काठमाडौं । नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ ।
नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता पुस १६ गतेदेखि हटेको छ ।
नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला भएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार चीनको लियन्युंगा, सेन्जेन, तियान्जिन र झ्याङजियाङ गरी चार सामुद्रिक बन्दरगाह तथा लन्जाओ, ल्हासा र सिगात्से गरी तीन सुख्खा बन्दरगाह अब नेपालले प्रयोग गर्न पाउने छ ।
नेपाल र चीनबीच रसुवाको केरुङ्ग, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, सुंखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका भएर ब्यापार गर्न सक्ने समझदारी भएको थियो ।
तर, बन्दरगाहसम्मको पहुँच भने तत्कालका लागि हाल चल्तीको रसुवाको केरुङ्ग नाकाबाट मात्रै हुनेछ ।
गत आवमा नेपालले भारत र चीनसँगर्ब ७९ अर्बभन्दा धेरैको भयो भने चीनसँग २ खर्ब ७ अर्ब ६१ करोडको व्यापार मात्रै ११ खर्ब ८६ अर्बभन्दा धेरैको व्यापार गरेको थियो । नेपालको कुल व्यापार १४ खर्ब १८ अर्ब ५३ करोडमध्ये भारतसँग मात्र ९ खभयो ।
बाँकी २ खर्ब ३२ अर्बको भन्दा धेरैको व्यापार भने तेस्रो मुलुकसंग भएको भन्सार विभागले जनाएको छ ।
नेपालले चीनका चार समुन्द्री बन्दरगाहबाट व्यापार अनुमति पाएसँगै झण्डै ४ खर्बको (चीनसँग २ खर्बभन्दा धेरै र तेस्रो मुलुकसँग २ खर्ब ३२ अर्बभन्दा धेरै) व्यापार अब हिमाल छिचोलेर चीनीयाँ बन्दरगाहमार्फत गर्न बाटो खुलेको छ ।
प्रकाशित: २०७६ माघ १
बन्दरगाहको दूरी
चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म नेपालले अनुमति पाएका समुन्द्री बन्दरगाहबाट रेलमार्फत ढुवानी सुबिधा उपलब्ध छ । नेपालले चीनीयाँ बन्दरगाह भएर तेस्रो देशसंग व्यापार गर्दा अनुमतिप्राप्त बन्दरगाहबाट सिगात्सेसम्म रेल सुबिधा प्रयोग गर्न सक्नेछ । सिगात्सेबाट केरुङ्ग हुंदै काठमाडौंसम्म भने सडकमार्फत कन्टेनरबाट व्यापार हुने छ । सडकमार्फत सिगात्सेबाट काठमाडौं आइपुग्न ७३४ किलोमिटर यात्रा गर्नु पर्ने छ । काठमाडौंबाट केरुङ्गसम्मको दुरी १ सय ८७ किलोमिटर छ भने केरुङ्गबाट सिगात्से पुग्न ५ सय ४८ किलोमिटर यात्रा गर्नुपर्छ । यसका अलवा ती बन्दरगाह भएर नजिकको विमानस्थलबाट हवाइजहाजमा पनि नेपालले व्यापार गर्न सक्नेछ । नेपालले प्रयोग गर्ने सामुद्रिक बन्दरगाहतियान्जिङ
गेट वे अफ बेइजिङ नामले चिनिने यो बन्दरगाह हेवेइ प्रान्तमा पर्छ । दक्षिणपूर्वी पित सागरको बोहाई खाडीमा रहेको यो बन्दरगाह सिगात्सेबाट ३ हजार ८ सय ३८ किलोमिटर दुरीमा अवस्थित छ । त्यसमा काठमाडौँ–सिगात्से दुरी ७३४ किलोमिटर जोडिदा ४५ सय ७२ किलोमिटर हुन आउँछ । हवाई मार्गबाट ३२ सय किलोमिटर दुरीमा यो बन्दरगाह पर्छ ।झान्जिङ
झान्जिआन खाडीको तटमा अवस्थित यो बन्दरगाह भियतानामको राजधानी हनोइबाट ४ सय ७० किलोमिटर दुरीमा पर्छ । यो बन्दरगाहसम्म पुग्न काठमाडौँबाट ४ हजार ३ किलोमिटर सडक मार्ग छिचोल्न पर्छ भने २ हजार ६ सय ४० किलोमिटर हवाई यात्रा गर्नु पर्छ ।सेन्जेन
चीनको ग्वाण्डोङ प्रान्तमा सेन्जेन बन्दरगाह अवस्थित छ । यसलाई हङकङबाट नजिकको बन्दरगाह भनेर पनि चिनिन्छ । काठमाडौंबाट सडकमार्गको दुरी ५ हजार ४ सय १७ किलोमिटर पर्छ भने हवाइ मार्गको दुरी २ हजार ९ सय ३३ किलोमिटर रहेको छ । लियाङयुङ चीनको जिआङसु प्रान्तमा यो बन्दरगाह अवस्थित छ । यो बन्दरगाह पुग्न काठमाडौंबाट सडक मार्गमार्फत ४ हजार ६ सय ९१ किलोमिटर यात्रा गर्नु पर्छ भने हवाई मार्गको दुरी ३ हजार ३ सय २ किलोमिटर मात्रै पर्छ ।सहज रुटका लागि छलफल
चीनले नेपाललाई दिएका बन्दरगाहसम्म पुग्ने सहजताका लागि तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले सहजीकरण थालेको वाणिज्य मन्त्रालयले जनाएको छ । चिनीयाँ बन्दरगाह भएर गरिने व्यापार सहजीकरण गर्न समिति नै बनाइएको छ । अर्थमन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग तथा नीजि क्षेत्रको रायसहित थप छलफल उक्त समितिले गर्ने बताइएको छ । बन्दरगाह प्रयोगको बाटो भर्खरै खुलेका कारण व्यवसायीले उक्त नाका भएर बन्दरगाहसम्मको ब्यापार भने नगरेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले बताए ।बन्दरगाह सुरुआत हुदा निजी क्षेत्र उत्साहित
उत्तरी छिमेकी देश चीनको बन्दरगाह भएर तेस्रो मुलुकसम्म ब्यापारका लागि खोलेको मार्गले व्यावसायीहरु उत्साहित बनेका छन् । नेपाल चेम्बरअफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ चीनसँगको पारबहन सम्झौताले नेपालको ब्यापारमा ठूलो अर्थ राख्ने बताउँछन् । ‘नयाँ बाटो, नयाँ शहर र नयाँ बजारका लागि सरकारले सह्राहनीय काम गरेको छ,’ अध्यक्ष श्रेष्ठले भने । खुल्ला भएका बन्दरगाह प्रयोग गरेर व्यापार अघि बढाउन व्यवसायीहरु उत्साहित रहेको भन्दै उनले सहजिकरणका लागि सरकारले कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान बन्दरगाह खुल्नु राम्रो भए पनि बन्दरगाहको फाइदा लिन पूर्वाधार भने दयनीय रहेको बताउँछन् । ०००प्रकाशित: २०७६ माघ १
January 15th 2020
प्रतिक्रिया दिनुहोस्